कञ्चनपुर: हालै सम्पन्न भएको एमाले कञ्चनपुरको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा बिर बहादुर थापा(पातल) पुर्व माओवादीले समेत साथ नदिएको पाईएको छ । एमालेमा गएका पुर्व माओवादी केही नेता कार्यकर्ताले पातलको साथ नदिएको पाईएको हो । निर्वाचन भएपछि (पातल)को लाईन छाडेर केही पुर्व माओवादी नेता कार्यकर्ता खुलेरै सुरेन्द्र विष्ट ल्याईनबाट चुनाव लडेको पाईन्छ । विष्टको लाईनबाट उम्मेदवारी दिएका केही पुर्व माओवादी नेता कार्यकर्ता पराजित भएका छन । भने केही निर्वाचित पनि भएका छन । केही पातल लाूईनबाटै चुनावमा होमिएका नेता कार्यकर्ता निर्वाचित भएका छन । दलित सदस्य तर्फ पुर्व माओवादीबाट राजेन्द्र आग्री, कमल नेपाली विष्ट प्यानलबाट चुनाव लड्दा निर्वाचित भएका छन । राजेन्द्र आग्री र कमल नेपाली दुवैको नाम दुवै प्यानलमा राखिएको छ ।

केहीले दुवैतर्फ ठिक्क गरेर पातललाई आउने भोट पनि सुरेन्द्रलाई पुर्व सहकर्मी भनेर हाल्न लगाएको नेताहरुको दाविछ । पुर्व माले एक जस्ता राजनीतिक नारा समेत लगाएर केही माओवादीहरुले पातलमाथि धोका दिएको नेताहरुको भनाई छ । पुर्व माओवादीबाट पातल प्यानलबाट चुनाव लडेका लालझाडीबाट खेमराज ओझा, खुला तर्फ रमेश भट्ट, कृष्णपुर नगरपालिका भूगोलबाट लोकेन्द्र विष्ट निर्वाचित भएका छन । भने पातल प्यानबाट बेदकोटबाट सदस्यमा लाल ब. धानुक, शुक्लाफाँटा नगरपालिबाट जगत ब. सिह, महिलाबाट चाँदनी धामी, विवेक बोगटी, खुला तर्फ राधाकृष्ण जोशी(ज्वाला) पराजित भएका छन । पुर्व माओवादीबाट केही नेताहरुले सुरेन्द्र विष्ट प्यान जिताउनका लागि रातदिन खटिएको ओली पक्षीय नेताहरुले बताएका छन । ‘हामीले चुनाव जित्नका लागि केही पुर्व माओवादी र केही नेपाल समुहबाट आएका नेताहरुलाई हातमा लिएर उनीहरुमा खेल्यौँर्, एक सुरेन्द्र पक्षीय नेताले भने, ‘हाम्रो प्यानलबाट चुनाव लडेकाहरुलाई एमाले नेता कार्यकर्ताले विश्वास गरेर, हाम्रो बलियो प्यानलमा भएपनि के गर्ने, तर उता थापा प्यानलमा बसेर हामीहरुलाई सहयोग गरेर केही जिते केही हारे ।’

एमाले पुराना केही नेता कार्यकर्ताहरुले अहिले एमाले मुल पाटी बाहेक नेतृत्व र सदस्य बाहिर जाने कुरै नभएको बताउँदै । चुनाव जितेका पुर्व माओवादीले अब एमाले बन्नुको विकल्प नभएको बताए । पुर्व नेपाल समुह, पुर्व माओवादी भनेर भाग माग्ने प्रवृति अन्त्य गर्दै एमालेको जबज अनुरुप काम काज गर्न सुझाव दिएका छन । एमाले चुनावी परिमाण अनुरुप एमाले कञ्चनपुरमा नेताहरुविच भित्रभित्र भुकम्प गएपनि बाहिर देखाउनका लागि हामी एमाले हाम्रो एमाले एमाले छाड्दै भनिरहेका छन । एमाले नछाड्नेले के पहिले बच्चैदेखि एमाले थिए त । एमालेमा माओवादीबाट आएका र नेपाल समुहबाट फर्किएकामाथि फरक दृष्ट्रिकोण राखेर उनीहरुलाई पेल्ने नीति अख्तियार गरेको भन्दै केही माओवादी र नेपाल समुहबाट फर्किएका नेता कार्यकर्ताहरु असन्तृष्ट भईरहेका छन ।

तर, एमालेमा पराजित भएका अध्यक्ष थापाले बन्दुकले नढलेको पातल एमालेमै बस्ने उद्घोषण गरेका छन । भने एमाले कञ्चनपुरका अध्यक्ष सुरेन्द्र विष्टले एमालेमा गुटउपगुट अन्त्य भएको घोषणा गरेका छन । एमाले कञ्चनपुरको पदाधिकारीमा एकलौटी प्यानल नै निर्वाचित भएको सुरेन्द्र विष्ट पक्षीय नेता कार्यकर्ता नै सदस्यमा पनि निर्वाचित भएका छन । विभिन्न कलष्टर तर्फ सदस्यको मत परिमाण अनुरुप विष्ट प्यानलबाट सदस्य निर्वाचनमा होमिएका ८३ प्रतिशत नेता कार्यकर्ता निर्वाचित भएका हुन । पाँच पुरै पदाधिकारी विष्टकै पक्षमा देखिएका छन । पालिका भूगोल, महिला, दलित, आदिवासी, थारु जनताति, युवा सबै सबै तर्फ विष्ट प्याल नै निर्वाचित भएका छन ।






