बेरोजगार युवायुवतीलाई कृषिमा आर्कषण बढाउन ३ महिनो तालिम


कञ्चनपुर : व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोना दोस्रोको आर्थिक सहयोगमा आरबि टेक्निकल इन्स्च्यिुट प्रा.लिद्वारा संचालन भएको सामुदायिक कृषि सहायक सीएए तिन मिहिने (३९०घण्टे) तालिमको समापन भएको छ ।

भीमदत्तनगर पालिका–२ ले बेरोजगार युवायुवतीलाई कृषिमा आर्कषण बढाउन ३ महिनो तालिम दिएको छ । असोज ४ गते देखि दिएको तालिम पुस ३० गते समापन भएको हो । स्थानीय २० जना युवायुवतीहरुलाई तरकारी उत्पादन गर्ने, रोग किरा नियन्त्रण गर्ने, प्राङ्गगिक तरकारी उत्पादन गर्ने, बेमोसमी तरकारी उत्पादन गर्ने, तरकारी लगायत फलफुल सम्बन्धि तालिममा जानकारी दिनुको साथै व्यवहारीक जानकारी दिएको प्रशिक्षक हेमराज अवस्थीले बताए ।

तिन महिना तालिमको अवधिमा प्रशिक्षार्थीहरुले लगाएको प्याज, टमाटर र साँगका बेर्ना वितरण पनि गरिएको थियो । प्रशिक्षक हेमराज अवस्थी र भुवन रावतले ३ महिना कृषि तालिम दिएका थिए । यस प्रकारको तालिमले आफुहरुमा कृषि पेशा सम्बन्धी आर्कषित गरेको र कसरी कृषि गरी आम्दानी बढाउन सकिन्छ भन्ने कुरा जानकारी पाएको एक प्रशिक्षार्थीले बताए ।आज भएको समापन कार्यक्रममा आरबी टेक्नीकल इन्सुच्युटका एमडी रामप्रसाद भट्टको सभापतित्वमा रहेको थिए भने प्रमुख अतिथी भीनपा–२ का वडा अध्यक्ष डम्बरसिह कार्कीको रहेको थिए ।


Loading Viewer...

ताजा समाचार

spot_img