महेन्द्रनगर : कञ्चनपुरमा कोरोना सक्रिय संक्रमितको संख्या ६ सय नाघेको छ । गएको हप्ता देखी प्रत्येक दिन १ सय को हाराहारीमा कोरोना संक्रमितको संख्यामा पोजेटिभ बिरामी देखिन थालेपछि सक्रिय संक्रमितको संख्यामा बढोत्तरी भएको हो । पश्चिमी सिमानाका गड्डाचौकी भएर भारतबाट आउने नेपाली दाजु भाईहरुमा परिक्षण गर्दा संक्रमितको संख्यामा वृद्धि भएसंगै जिल्लामा पनि सक्रिय संक्रमितको संख्या ६ सय २९ पुगेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

शुक्रवार गड्डाचौकी नाकामा गरिएको परिक्षणमा ८६ जना र अन्य गरी १ सय ७ जनामा कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । एन्टिजिन बिधीबाट गरिएको परिक्षणमा १ सय १ जना पिसिआर परिक्षणबाट ६ जनामा कोरोना पुष्टि भएको हो । आज कोरोना पुष्टि हुनेमा भीमदत्तमा १४ जना, वेदकोटमा १ जना बेलौरीमा ५ जना, कृष्णपुरमा १ जना, र गडडाचौकीमा ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जारी गरेको सुचनामा उल्लेख गरिएको छ । यो सहित कञ्चनपुरमा कोरोना संक्रमितको अहिले सम्मको संख्या ९ हजार ७ सय ७५ पुगेको छ । जिल्लामा सक्रिय संक्रमितको संख्या ६ सय २० रहेको छ । आज ४६ जनाले कोरोना जितेर घर फर्किएका छन् । अहिलेसम्म कोरोनालाई जित्नेको संख्या ८ हजार ९ सय ३४ रहेको छ । कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ५ पुगेको छ ।











