कञ्चनपुर : नेकपा एमाले कञ्चनपुरको ८औँ जिल्ला अधिवेशनमा सहमतीय हुन नसकेपछि चुनावी प्रकृयाबाट नेतृत्व छनौट भयो । एमाले कञ्चनपुरको नेतृत्वका लागि दुई टिम तयार भए । ओली निकट एमाले मुल नेतृत्वको टिमको नेतृत्व सुरेन्द्र विष्टले गरे । ओली समुहकै नेता एव माओवादीबाट गत बर्ष मात्रै एमालेमा गएका बिर बहादुर थापा नेतृत्वमा पुर्व नेपाल समुहबाट फर्किएका अशोक कुमार चन्द सहितको तर्फबाट अर्को प्यानल चुनावी मैदानमा होमियो । थापा नेतृत्वको पदाधिकारी पुरै प्यानल पराजित भयो ।

सदस्य तर्फ समेत विष्ट नेतृत्वको प्यानलका सय बढि सदस्य निर्वाचित भएका छन । तर, चुनावकै दिन १० बुँदे भनेर पुर्व नेपाल समुहबाट फर्किएका र नेकपा हुँदा माओवादीबाट आएका नेता कार्यकर्ता माथि लक्षित गरेर १०बुँदे र माओवामदी मुर्दावाद भन्दै नाराबाजी गरेको चर्चा छ । तर, कसले त्यो नारा लगाएको हो, भन्ने बारेमा एकिन भएको छैन । केही एमाले अोली पक्षका नेता कार्यकर्ताहरुले शक्तिका कारण माओवादी एमालेमा आएको र उनीहरुबाट पाटी निर्माण हुन भर नभएको भन्दै खिसिट्याउँ काटिरहेका छन । भने नेपाल समुहबाट फर्किएका नेता कार्यकर्तालाई पाटीलाई संकट गरेको बेला साथ नदिएको र अहिले आएर भाग मागिरहरेको भन्दै कटाक्ष गरिरहेका छन ।

यही विचमा समाजिक सञ्जालमा समेत एमाले चुनावलाई लिएर चर्काचर्की घोचपेच चलेको छ । एमाले कञ्चनपुरमा १० बुँदे र माओवादी मुद्र्दावाद भनेर नारा लगाउँदा पनि पुर्व नेपाल समुह र माओवादीहरु एमालेको सति किन ?भन्दै समाजवादी र माओवादीका नेताहरुले जहाँ आफ्नो राजनीतिक स्वाभिमान नहुने पाटीमा मेरो मेरो बा पार्टी भनेर चिप्किनुको के अर्थ रहेको भन्दै ब्याङग्य गरिरहेका छन ।







