एकिकृत समाजवादी शुक्लाफाँटा नगरमा विष्टको अध्यक्षतमा १ सय १ सदस्य नगर कमिटी चयन


महेन्द्रनगर : नेकपा एकिकृत समाजवादी शुक्लाफाँटा नगरको अध्यक्षमा हरिष विष्ट चयन भएका छन् । बिहीबार समाजवादी शुक्लाफाँटा नगरको प्रथम सम्मेलनबाट नगर सह– संयोजक एवं वार्ड नं. १ का निर्वाचित अध्यक्ष हरिश विष्टको अध्यक्षतामा १ सय १ सदस्सीय नगर कमिटी चयन गरिएको हो । उपाध्यक्ष तप्त ठकुल्ला, गोपाल महरा, सचिव प्रेम बहादुर सुनार, उप सचिव त्रय लक्ष्मी राना, मनोज साउद, टिकाराम तिवारी र कार्यालय सचिवमा दिर्घराज रेग्मी सहित चयन भएको समाजवादी विद्यार्थी निकट युवा नेता प्रज्वल कुँवरले बताए ।

प्रथम नगर भेला सामाजिक दुरी, सेनिटाइजर र मास्कको प्रयोग जस्ता स्वास्थ्यका सम्पूर्ण मापदण्डको पालना गर्दै झण्डै ३ सय जनाको प्रतिनिधिको उपस्थितिमा वार्ड न. ११ को खेल मैदान, नदी वगरमा कार्यक्रमको आयोजना गरिएको समाजवादी विद्यार्थी निकट युवा नेता प्रज्वल कुँवरले बताए । नगर संयोजक कमरेड दिल वहादुर वुढाको अध्यक्षता र पार्टीका केन्द्रीय कमिटी सचिव एवं सुदुरपश्चिम प्रदेश कमिटी इन्चार्ज कमरेड गरिमा शाहको प्रमुख आतिथ्यतामा भव्य र सभ्य र ऐतिहासिक रूपमा सम्पन्न भएको उनले बताए ।

भेलामा पार्टीका स्थायी कमिटी सदस्य कमरेड उर्वा दत्त पन्तको विशिष्ट आतिथ्यता, पोलिटव्यूरो सदस्य एवं प्रदेश सह– इन्चार्ज कमरेड रामकुमार ज्ञवाली, कन्चनपुर इन्चार्ज एवं प्रदेश सरकारका सामाजिक विकाश मन्त्री माननीय लाल वहादुर खड्का लगायत केन्द्रीय नेताहरू, प्रदेश कमिटीका नेताहरू, जिल्ला कमिटी अध्यक्ष, सचिव, उपसचिव लगायत सदस्यहरू, जन वर्गीय संगठनका केन्द्रीय र जिल्लाका नेताहरूको आतिथ्यता रहेको थियो । उक्त क्षेत्रमा कम्युनिष्ट आन्दोलनका पुराना नेता÷ कार्यकर्ताहरूलाई दोसल्लावाट सम्मान गरिएको थियो ।


Loading Viewer...

ताजा समाचार

spot_img