सामुदायिक कृषि सहायक तालिम समापन


कञ्चनपुर : बरोजगार युवाहरुलाई स्वरोजगार बनाउनका लागि शुक्लाफाँटा नगरपालिका ३ जोनापुरमा सञ्चालित तीन महिने (३९० घण्टे) सामुदायिक कृषि सहायक तालिमको आज समापन गरिएको छ । आरवि टेक्निकल इस्च्यिुट प्रालि कञ्चनपुरको सहकार्यमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको सहयोगमा व्यवसायीक शिक्षा तथा तालिम अभिबृद्धि(इभेन्ट) परियोजना अन्र्तगत तालिमको अयोजना गरिएको हो ।

No description available.

तालिमबाट २० जना महिलालाई दक्ष पारिएको छ । तालिम समापन कार्यक्रमा बोल्दै वडा अध्यक्ष नरेन्द्रप्रसाद चौधरीले तालिममा सिकेका सीपलाई व्यवहारमा उतारे मात्रै सार्थकतामा परिणत हुने बताउनु भयो । तालिममा सहभागी महिलाहरुले व्यवसायीक खेती बारेका जानकारी लिएको चर्चा गर्नु हुदै उहाँले महिलाहरुले व्यवसायीक तरकारी लगायतका खेतीमा संलग्नभै तालिममा सिकेका सिपलाई निखार्नु पर्ने बताउनु भयो ।

No description available.

तालिमका संयोजक तेजराज जोशी, इनिस्च्युटका प्रवन्ध निर्देशक रमेश भट्ट, सूर्यज्योती कृषि सहकारी संस्थाका अध्यक्ष टिकुराम चौधरी लगायतले तालिम समापन कार्यक्रममा मन्तव्य राख्नु भएको थियो । तालिमको मुख्य प्रशिक्षकमा नरेन्द्रप्रसाद भट्ट र सहायक प्रशिक्षकमा चेतराम चौधरी रहनु भएको थियो ।

No description available.


Loading Viewer...

ताजा समाचार

spot_img