महेन्द्रनगर : कञ्चनपुरमा कोरोना संक्रमितको संख्या दिनदिनै बढदै गईरहेको छ । पश्चिमी सिमानाका गड्डाचौकी भएर भारतबाट आउने नेपाली दाजु भाईहरुमा परिक्षण गर्दा संक्रमितको संख्यामा वृद्धि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । विहिवार गड्डाचौकी नाकामा गरिएको परिक्षणमा १ सय ५ जना र अन्य गरी १ सय २८ जनामा कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयल जनाएको छ । एन्टिजिन बिधीबाट गरिएको परिक्षणमा १ सय २० जना पिसिआर परिक्षणबाट ८ जनामा कोरोना पुष्टि भएको हो ।

आज कोरोना पुष्टि हुनेमा भीमदत्तमा १२ जना, दोधोरा २ जना, वेदकोटमा २ जना बेलौरीमा १ जना, शुक्लाफाँटामा ३ जना, पुर्नवासमा २ जना, कृष्णपुरमा १ जना, र गडडाचौकीमा १ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जारी गरेको सुचनामा उल्लेख गरिएको छ । यो सहित कञ्चनपुरमा कोरोना संक्रमितको अहिले सम्मको संख्या ९ हजार ६ सय ६७ पुगेको छ । जिल्लामा सक्रिय संक्रमितको संख्या ५ सय ५८ रहेको छ । आज १५ जनाले कोरोना जितेर घर फर्किएका छन् । अहिलेसम्म कोरोनालाई जित्नेको संख्या ८ हजार ८ सय ८८ रहेको छ । कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ५ पुगेको छ ।











