कञ्चनपुरको मझगाउँ विमानस्थल संचालन हुने, मन्त्री आलेद्धारा शिलान्यास


महेन्द्रनगर : विगत २ दशक देखी बन्द रहेको कञ्चनपुरको भीमदत्त नगर पालिका १६ मा रहेको मझगाउँ विमानस्थलको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेले बुधबार शिलान्यास गरेका छन् ।
अब बन्ने विमानस्थलको लम्वाई १ हजार ५ सय २५ मिटरको रहने भएपनि उक्त रनवे कम पर्ने भएकाले मन्त्री आलेले विमानस्थलको रनवे बढाएर २५ सय मिटर लामो रनवे बनाउन आवस्यक रहेको जिकिर गरे धनगढी देखी यो विमानस्थलसम्म ४ लेनको सडक निर्माण गर्नु पर्छ भनेर आफुले ईन्जिनियरलाई भनि सकेको बताए । धनगढीलाई राष्ट्रिय स्तरको विमान स्थल बनाउन धेरै पहिले देखी पहल भएपनि काम हुन सकेन तर आफु क्यानको सदस्य भएपछि आफ्नो पहलमा एक अर्ब बजेट विनियोजन गरेर देखाएको उनले बताए ।

“भारतको नयाँ दिल्लीबाट पनि सानो (न्यारो बोडी) जहाज सिधै कञ्चनपुरको विमानस्थलमा ल्याउन सकिन्छ ।” उनले भने,“महाकाली करिडोर पनि यही रहेको ३ अर्बको योजना यही रहेको छ । पर्यटनका हिशावले पनि यो जिल्लामा प्रचुर मात्रामा सम्भाव्यता रहेको छ ।” पूर्व राज्य मन्त्री उर्वादत्त पन्तले यो विमानस्थलको कामलाई अगाढी बढाउन सफल हुने र जनस्तर भाईरल रोड जस्तो गुणस्तरहिन काम नहोस उनले बने,उधोग वाणिज्य संघ कञ्चनपुरका अध्यक्ष जंगबहादुर मल्लले यो क्षेत्रको विकासको लागि अपरिहार्य माध्यम विमानस्थल भएकाले यसको मुहार फेर्नको लागि र सम्भावना बोकेका पर्यटकिय क्षेत्र तथा छिमेकी राष्टबाट पनि आउने पर्यटककहरुको सहज आवागमनमा पनि यो कार्यले सहजता ल्याउनेमा आफु विस्वस्त रहेको बताए ।

निर्माणका लागि केएस–कान्छाराम कन्स्ट्रक्सनले ठेक्का पाएको छ । विमानस्थलका लागि पुस ११ गतेको नेपाल नागरिक उड्डन प्राधिकरणको बैठकले बजेट विनियोजन गरेको थियो । प्राधिकरणले दुई करोड ५१ लाख बजेट विमानस्थलमा भौतिक संरचना निर्माणका लागि विनियोजन गरेको हो । विमानस्थल निर्माणमा संघीय पर्यटन मन्त्रालयको ५० प्रतिशत, प्रदेश सरकारको २५ प्रतिशत, भीमदत्त नगरपालिकाको १५ प्रतिशत र दोधाराचाँदनी नगरपालिकाको १० प्रतिशत गरी ४५ करोड ६६ लाख ७ सय १५ रुपैँयामा निर्माण हुने भएको छ । अब बन्ने विमानस्थलको लम्वाई १ हजार ६ सय ६२ मिटरको रहने ६६ विगाहा जमिनमा विमानस्थल रहने भएको छ ।


Loading Viewer...

ताजा समाचार

spot_img