युवा नेता बोकटीको एमाले जिल्ला सदस्यमा उम्मेदवारी


कञ्चनपुर : नेकपा एमाले कञ्चनपुरका युवा नेता हरिश बोकटी(बिकेक)ले समेत एमाले जिल्ला सदस्यमा उम्मेदवारी दिएका छन । एमाले कञ्चनपुरको ८औँ जिल्ला अधिवेशनबाट नयाँ नेतृत्वका लागि चुनावी प्रकृया अनुरुप युवा नेता बोगटीले जिल्ला सदस्यमा उम्मेदबारी दिएका हुन ।

झण्डै डेढ दशकदेखि विद्यार्थी राजनीतिबाट होमिएका युवा नेता बोगटीले युवाको नेतृत्वका विकास श्रम, उत्पादनसंग जोड्नका लागि राजनीतिक रुपमा नीतिगत निर्णय गर्नका लागि सहज होस भन्ने उदेश्ययले उम्मेदबारी दर्ता गराएको उनले बताए ।

राष्ट्रिय युवा परिषद् अन्र्तरगत जिल्ला युवा समिति कञ्चनपुरको अध्यक्ष समेत रहेका बोगटीले युवाका क्षेत्रमा काम गर्न उनीहरुका पिरकर्मा सम्बोधन गर्दै युवालाई राष्ट्रिय उत्पादनसंग जोड्नका लागि उम्मेदवारी दिएको बताए । युवामा लोकप्रिय बोगटीले सहयोगका लागि अपिल गरेका छन ।


Loading Viewer...

ताजा समाचार

spot_img