कञ्चनपुर: नेकपा एमाले कञ्चनपुरको खुला सदस्यमा युवा नेता जगत बहादुर सिहले उम्मेदवारी दिएका छन । एमाले ८औँ जिल्ला सम्मेलनबाट खुला तर्फका लागि सिहले उम्मेदवारी दिएका हुन । अढाई दशकदेखि राजनीतिमा होमिएका सिहले एमाले कञ्चनपुरको खुला सदस्यमा उम्मेदवारी दिएका हुन ।

०५१ सालदेखि विद्यार्थी राजनीतिमा होमिएका सिह नेपाल तेकवाण्डो कराँते फाईभडन ब्याकबेल्ट हुन । शुक्लाफाँटा नगरपालिका ७का वडाध्यक्षमा तत्तकालिन माओवादीबाट निर्वाचित भएका सिह अहिले एमालेबाट खुला सदस्यमा आएका हुन । सिहले कुनैपनि गुटबाट नभई खुला रुपमा उम्मेदवारी दिएको बताएका छन ।







