महेन्द्रनगर : नेकपा एमाले कञ्चनपुरमा सहमती नजुटेपछि चुनाव हुने भएको छ । अध्यक्षका लागि बीरबहादुर थापा (पातल) र सुरेन्द्र बिष्ट भिड्ने भएका छन् । अध्यक्षका दाबेदार थापा र बिष्टबीच सहमति नजुटे पछि नेतृत्व छान्न चुनाव हुन लागेको हो ।

अध्यक्षमा दुई जनाको उम्मेदवारी परेको र सर्वसम्मत रुपमा नेतृत्व टुङग्याउन एमाले कञ्चनपुरका शीर्ष नेताहरु आँकाक्षी बीच सहमति जुटाउन लामो प्रयास असफल भएको निर्वाचन अधिकृत पुष्पराज ओझाले बताए । वर्तमान अध्यक्ष समेत रहेका थापा माओवादी पृष्ठभूमिका हुन । भीमदत्त नगरपालिका बिष्ट एमाले कञ्चनपुरमा अहिले सचिव छन् ।







