२२ बर्ष देखी बन्द मझगाउँ विमानस्थल निर्माण हुने, पुस २८ गते शिलान्यास गरिने


महेन्द्रनगर : विगत २२ बर्ष देखी बन्द कञ्चनपुरको भीमदत्त नगरपालिका १६ मा रहेकोे मझगाउँ विमानस्थल निर्माण हुने भएको छ । उक्त विमानस्थल निर्माणको लागि ठेक्का सम्झौता भएको छ । निर्माणका लागि केएस–कान्छाराम कन्स्ट्रक्सनले ठेक्का पाएको हो । सोमवार मझगाउँ विमानस्थल पुनः संचालन समितिले पत्रकार सम्मेलन गर्दै बिभिन्न मिडियामा आएका समाचारहरुले सम्झौता नभएको भन्ने समाचार गलत भएको र आईतवार पौष २५ गते निर्माण कम्पनी र नेपाल नागरिक उड्डन प्राधिकरणबिच सम्झौता भएको मझगाउँ विमानस्थल पुनः संचालन समितिका संयोजक रमेश चन्दले जानकारी दिएका छन् ।

विमानस्थलका लागि पुस ११ गतेको नेपाल नागरिक उड्डन प्राधिकरणको बैठकले बजेट विनियोजन गरेको थियो । प्राधिकरणले दुई करोड ५१ लाख बजेट विमानस्थलमा भौतिक संरचना निर्माणका लागि विनियोजन गरेको हो । विमानस्थल निर्माणमा संघीय पर्यटन मन्त्रालयको ५० प्रतिशत, प्रदेश सरकारको २५ प्रतिशत, भीमदत्त नगरपालिकाको १५ प्रतिशत र दोधाराचाँदनी नगरपालिकाको १० प्रतिशत गरी ४५ करोड ६६ लाख ७ सय १५ रुपैँयामा निर्माण हुने भएको छ । पुस २८ गते संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले विमानस्थल शिलान्यास गर्ने कार्यक्रम तय भएको पुनः संचालन समितिका प्रेस संयोजक ज्ञानेन्द्र महताले जानकारी दिएका छन् । सबै प्रक्रिया पूरा भइसकेको छ,अब काम सुरु हने बताए । अब बन्ने विमानस्थलको लम्वाई १ हजार ६ सय ६२ मिटरको रहने ६६ विगाहा जमिनमा विमानस्थल रहने भएको छ । योजना शाखा प्रमुख र निर्माण कम्पनी कञ्चनपुरमा आईसकेको पनि जानकारी दिएका छन् ।


Loading Viewer...

ताजा समाचार

spot_img