गठबन्धन सरकार सरकारका पालामा कृष्णपुरका जनता जमिनको मालिक बन्दै


कञ्चनपुर : गठबन्धन सरकारका पालामा कञ्चनपुरको कृष्णपुर नगरका जनता जमिनको मालिक बन्ने भएका छन । काँग्रेस, माओवादी, समाजवादी, जसपा, जनमोर्चा सहितको गठबन्धन सरकारकै पालनमा कृष्णपुर नगरका जनता जमिनको मालिक बन्ने भएका हुन । गठबन्धन सरकारका पालानमा बनेको राष्ट्रिय भूमि आयोग र कृष्णपुर नगरपालिका विच भूमिहिन, अव्यवस्थित बसोबासी र दलित भूमिहिनलाई जमिनको मालिक बनाउने सहमती भएको छ ।

कृष्णपुर नगरपालिकाका तर्फबाट नगर प्रमुख कर्ण हमाल, प्रमुख प्रशासकिय अधिकृत शिवसिह भण्डारी र राष्ट्रिय भूमि आयोगका तर्फबाट अध्यक्ष केशव निरौला, सदस्य सचिव अमिर प्रशाद न्यौपानेले हस्ताक्षर गरेका छन । कृष्णपुर नगरपालिका र राष्ट्रिय भूमि आयोगविच भएको सहमती अनुरुप नगरका जनताले अब जमिनको लालपुर्जाधारी बन्ने छन । बषौँदेखि जमिन भएर पनि लालपुर्जा बिहिन भएका जनता अब जमिनको मालिक र बन्ने जमिन भएका सुकुमबासी, भूमिहित दलितले जमिन पाउने भएका छन । तत्तकालिन नेकपा ओली नेतृत्वको सरकारले भूमिहिन दलित सुकुमबासी र अव्यवस्थित बसोबासीलाई जमिन दिनका लागि कामकाज अघि बढाएको थियो । तर सरकार परिर्वतनसंगै (काँग्रेस,माओवादी, समाजवादी, जसपा र जनमोर्चा) गठबन्धन सरकारको देउवा नेतृत्वको गठबन्धन सरकारले राष्ट्रिय भूमि आयोग गठन गरेर जमिन दिने प्रकृया अघि बढाएको छ । गठबन्धन सरकारका पालनामा जमिन पाईने भएपछि कृष्णपुरका जनता हर्षित भएका छन ।

गत शुक्रबार महेन्द्रनगरमा पत्रकार सम्ेमलन कार्यक्रममा बोल्दै सरकारको नेतृत्व गरिरहेको काँग्रेस नेता एनपी साउदले कम्यूनिष्ट सरकारले भूमिहिन जनतालाई एक धुरपनि जमिन दिन नसकेको भन्दै काँग्रेस सभापति शेर बहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले जमिने दिने काम अघि बढाएको अभिव्यक्ति दिएको भोलीपल्टै कञ्चनपुरको कृष्णपुर पालिक सरकार र राष्ट्रिय भूमि आयोगविच सहमती भएको हो । सहमती कार्यान्वयन गर्न स्थानीय जनताले तीनै सरकारसंग माग गरेका छन । सहमती भए लगत्तै कृष्णपुरका मेयर कर्ण हमालले समाजिक सञ्जालमा स्टाटस र फोटो सार्वजनिक गर्दै भूमिहिन दलित, सुकुमबासी जमिन वितरण गर्न र अव्यवस्थिति बसोबासीलाई व्यवस्थापन गर्ने सम्बन्धमा कृष्णपुर नगरपालिका र राष्ट्रिय भूमि आयोगविच सहमती पत्रमा हस्ताक्षर भएको जनाएका छन ।


Loading Viewer...

ताजा समाचार

spot_img