कञ्चनपुर : पृथ्वी जयन्तीका दिन सार्वजनिक विदा नदिएको बिरोधमा कञ्चनपुरमा मौन जुलुस निकालिएको छ । आइतबार राष्ट्रिय प्रजातन्त्र पार्टीले महेन्द्रनगरमा पृथ्वी जयन्तीमा सार्वजनिक विदा नदिएको बिरोधमा मौन जुलुस निकालेको हो ।

राप्रपा कञ्चनपुरका अध्यक्ष गजेन्द्र बहादुर चन्दले राष्ट्रको एकिकरण गर्ने राष्ट्रपिता पृथ्वी नारायण शाहको जन्मोजयन्ती एव राष्ट्रिय एकता दिवस दिवसको विदा काटेको बिरोधमा मौन जुलुस प्रर्दशन गरिएको बताए ।

उनका अनुसार पाटी कार्यालयबाट शुरु भएको जुलुस बजारमा परिक्रमा गरिएको छ । राष्ट्रिय एकता गर्ने पृथ्वी जयन्तीका दिन सार्वजनिक विदा दिनुपर्ने राप्रपाले यस अघिदेखि नै माग गर्दै आएको छ ।











