पत्रकारिताको नाममा मनोरञ्जन पत्रकारिता फस्टायोः अध्यक्ष पन्त


कञ्चनपुर : मिडिया एक्सन नेपालले लेखन र प्रकासन गरेको लैङ्गिक संबेदनसिल पत्रकारिता सम्वन्धी हाते पुस्तक बिमोचनको भर्चुअल कार्यक्रममा बोल्दै उक्त सस्थाका अध्यक्ष लक्ष्मण दत्त पन्तले पत्रकारिताको नाममा मनोरञ्जन पत्रकरिता फस्टाउदै गएकोमा चिन्ता ब्यक्त गर्नु भएको छ। कार्यक्रममा बोल्दै पन्तले मिडिया संबेदनसिल विषयमा समेत बिषयबस्तुलाई मनोरञ्जन तरिकाले पस्कने भएकोले गलत सुचना प्रवाह हुने गरेको र कतिपय मिडियाले लैङ्गिक बिषयको उठानलाई नजर अन्दाज गर्ने गरेको बताएका छन।

नेपाल राष्ट्रिय महिला आयोगकि अध्यक्ष कमला पराजुलीले अनलाइन मिडिया शीर्षक एक र भित्र सामाग्री अर्कै राखेर आफ्ना सामाग्री प्रचार गर्दा आम नागरिकले ठिक बेठिक छुट्याउन नसकी शिर्षककै भरमा धारणा बनाउदा पत्रकारिता बदनाम भएको बताउनु भयो। कार्यक्रमका बक्ता प्रेस काउन्सिलका अध्यक्ष बिपुल पोख्रेलले मिडिया एक्सन नेपालका प्रकासन अनुसन्धान र तालिम अन्य सस्थाका भन्दा फरक हुने र उपलब्धी मुलक हुने गरेको जनाउनु भएको थियो।

क्यानडा उच्च आयोगका राजनीतिक,आर्थिक र सार्वजनिक मामिला प्रमुख म्याथु लोकेनले प्रजातान्त्रिक सबलिकरणमा मिडियाले अहम भुमिका खेल्ने र मिडिया एक्सन नेपालले आफ्ना अनुसन्धान , प्रकासन र तालिमबाट तेस्ता क्रियाकलाप बढाएकोमा प्रशसा गरेका थिए। उक्त कार्यक्रममा देशभरका १ सय ४० पत्रकार र अन्य मिडिया बिज्ञ २० गरि १ सय ६० जनाहरु सहभागी भएका थिए ।


ताजा समाचार

spot_img