कञ्चनपुर : कञ्चनपुरको पूनर्वास नगरपालिकामा ढल निर्माणको काम शुरु गरिएको छ । संघीय खानेपानी मन्त्रालयको योजनामा ढल निर्माणको काम शुरु भएको हो । पूनर्वास नगरपालिका ४का वडाध्यक्ष प्रेम बस्नेतले ढल निर्माणको काम शुरु भएको बताए । वडाध्यक्ष बस्नेतका अनुसार पुनर्वास नपा ३ र ४मा गुरु योजना अनुरुप ढलको काम अघि बढाएको छ ।

पुर्व खानपानी बिना मगरको पहलमा चालु आर्थिक बर्ष २०७८/०७९मा संघीय खानेपानी मन्त्रालय खानेपानी तथा ढल व्यवस्थापन विभाग संघीय खानेपानी कार्यालयबाट काम शुरु गरिएको छ । झण्डै १३ करोड बढि बजेटमा उच्चकोटी निर्माण सेवाले जिम्मा पाएको छ । ‘यो ढल सहित बहु उपभोगी योजना हो, ‘पूनर्वास नपा ४का वडाध्यक्ष बस्नेतले भने, ‘ढलबाट निस्केको फोहोरबाट मल उत्पादन गर्ने योजना पनि हो ।’

एकातिर ढल व्यवस्थापन हुने अर्कारित सोही ढलबाट आएको फोहोरमैला बस्तु प्रशोधन गरेर प्राङगारिक मल उत्पादन गरिनेछ । जसबाट फोहोर व्यवस्थापनका साथै किसानलाई सहजै प्राङगारिक मल उपलब्ध हुनेछ ।







