कञ्चनपुर: कञ्चनपुरका एक युवा निर्माण व्यवसायी सम्मानित भएका छन । नेशनल कन्स्ट्रक्सन प्रा.लि.का संचालक दीपक भट्टलाई महाकाली प्रादेशिक अस्पतालले सम्मान गरेको हो । म्याद अवागै योजना सम्पन्न गरेको भन्दै युवा निर्माण व्यवसायीलाई बुधबार एक कार्यक्रमका विच सम्मान गरेको छ । महाकाली अस्पतालमा ओभरहेड ट्याङकी निर्माणका लागि नेशनल कन्स्ट्रक्सन प्रालि र अस्पतालविच २४ माघ ०७६मा १५ महिनामा निर्माण सक्नुपर्ने सम्झौता भएको थियो । सम्झौता अनुरुप ४ सय ५० दिनमा काम सक्नुपर्ने भएपनि उनले ३ सय १३ दिनमै गुणस्तरिय काम सकेको भन्दै अस्पतालले प्रमाण पत्रका साथै सम्मान गरेको छ ।

निर्माण व्यवसायी भट्टले तोकिएको म्याद भन्दा १ सय ३७ दिन अवागै काम गरेका थिए । युवा निर्माण व्यवसायी भट्टलाई निमित्त मेसु डा. हरि कुमार श्रेष्ठले प्रमाण पत्र सहित प्रदान गरेर सम्मान गरेका थिए । राम्रा र काम गर्ने निर्माण व्यवसायीको हौसलाका लागि भन्दै सम्मान गरिएको अस्पतालका निमित्त मेसु डा. हरि कुमार श्रेष्ठले बताए । कोरोना महामारीका बेलामा समेत अहोरात्र काम गरेर समय अवागै योजना सम्पन्न गरेका थिए । अस्पतालका लेखा अधिकृत नन्दराज भट्टले तोकिएको समय अवागै काम सक्दा अस्पताल सहितको विकासमा टेवा पुगेको बताए । १ करोड ३५ लाख लागत रहेको ट्याङकी निर्माणका लागि ९९ लाखमा सम्झौता भएको थियो । २ लाख २५ हजार लिटर क्षमताको ट्याङकी निर्माण भएको हो । यस अघि पनि विभिन्न सरकारी कार्यालयमा समयमै गुणस्तरिय काम सम्पन्न गरेका युवा निर्माण व्यवसायी भट्टलाई सम्मान गरिएको थियो । ठेकेदार भनेपछि समयमै काम नगर्ने, आम बुझाईलाई युवा निर्माण व्यवसायी भट्टले भ्रम चिरेका छन ।











