कञ्चनपुर जिल्ला लिग प्रतियोगिता आज उद्धघाटन

डिफेन्डिङ च्याम्पियन दिपज्योती र द ग्यालेक्सी भिड्ने


कञ्चनपुर:अखिल नेपाल फुटबल सङ्घ ‘एन्फा’ को वार्षिक कार्यक्रम अनुसार सञ्चालन हुन लागेको कञ्चनपुर जिल्ला लिग फुटबल प्रतियोगिता-२०७८ को आज उद्धघाटन हुने छ।
शनिवार कञ्चनपुर जिल्ला फुटबल सङ्घका अध्यक्ष गणेश बहादुर चन्दको अध्यक्षतामा बसेको बैठकले खेल तालिका सार्वजनिक संगै प्रतियोगिताको मिति तय गरेको लिग संयोजक चन्द्र सिंह थलालले जानकारी दिनुभएको हो।
उनका अनुसार जिल्ला लिग फुटबल प्रतियोगितामा जिल्ला फुटबल सङ्घमा आबद्ध क्लब मध्य १२ क्लबले सहभागिता जनाएको र उद्धघाटन खेल आज बिहिवार दिउँसो १ बजे डिफेन्डिङ च्याम्पियन क्लब दिपज्योती र द ग्यालेक्सी युथ क्लब बिच महेन्द्रनगर स्थित खुलामञ्चमा उद्धघाट्न खेल हुने छ। संघमा आबद्ध दुई क्लबको भने सहभागिता नरहेको र जसमा जनसेवा समिति र ग्यालेक्सी क्लब दैजी रहेका छन् ।
लिग दुई समूह मा बिभाजन गरिएको छ। समुह ‘ए’ मा डिफेन्डिङ जिल्ला लिग च्याम्पियन क्लब दिपज्योती युवा क्लब ,द ग्यालेक्सी युवा क्लब ,सेक्युर्ड नेपाल ,राम युवा क्लब, यूथ क्लब अफ महाकाली र अरनिको युवा क्लब रहेका छन् भने समूह ‘बि’ मा कञ्चन समाज,रोयल गोर्खाज यूथ सर्कल,निङ्गलाशैनी युवा समाज , त्रिपुरा समाज,महेन्द्रनगर युनाइटेड र आदर्श नेपाल रहेका छन् । प्रतियोगिता यहीँ पौष २२ देखि माघ ५ गते सम्म महेन्द्रनगरको खुलामञ्चमा सञ्चालन हुने छ।

Loading Viewer...

ताजा समाचार

spot_img