कञ्चनपुर: नेकपा एकिकृत समाजवादीले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा २९ पुषमा नगर सम्मेलन गर्ने भएको छ । सम्मेलनका लागि नगर संयोजक दिल बहादुर बुढाको अध्यक्षता हुने छ ।

नेकपा एकिकृत समाजवादी निकट विद्यार्थी संगठनका नेता प्रज्वल कुँवरले नगर सम्मेलनका लागि मुल समिति सहित विभिन्न उप समिति गठन गरिएको बताए ।











