कञ्चनपुर: लोक संस्कृति जोर्गेना गर्नका लागि कञ्चनपुरमा भुवा पर्व मनाईएको छ । सुदूरपश्चिमका पहाडी जिल्ला पुर्खोली घर भएका स्थानीयले कञ्चनपुरको भीमदत्त र दोधाराचाँदनी नगरपालिकामा भुवा पर्व मनाएका हुन ।आइतबारदेखि सुदूरपश्चिममा भुवा पर्व मनाईएको छ । भुवा पर्व मनाउन सुदूरपश्चिम प्रदेश सरकारले बाजुरा, बझाङ्ग र अछाममा सार्वजनिक विदा समेत दिएको छ । मंसिर पुर्णिमादेखि पुषको औसीसम्म मनाईने भुवा पर्व लोभ लिन थालेपछि लोक सस्कृति जोर्गेना गर्नका लागि कञ्चनपुरमा समेत भुवा पर्व मनाईएको हो । पञ्चेबाजाको तालमा हातमा तरबार र ढाल प्रयोग गर्दै विभिन्न विद्यामा भुवा खेलिन्छ । मानसखण्ड विकास समाजका संस्थापक अध्यक्ष एव संस्कृति विद लक्ष्मीकान्त जोशीले ऐतिहासिक पर्व रहेको बुझिन्छ । पौराणिक कालमा देवताले आरक्षलाई पराजय गरेको खुसियालीमा दिवस मनाईने बताए । ‘भु’भनेको पृथ्वी र वा भनेको अच्चम हो ।’ पृथ्वी बिरुद्धमा राक्षसले आक्र्रमण गर्न थालेपछि देविदेउताले राक्षस बिरुद्धको काम असफल पार्नका लागि युद्ध लडेको किम्बदन्ती रहेको उनले बताए । ‘आफ्नो राज्य जोगाउनका लागि युद्धको तयारी स्वरुप हातहतियार सुर्सजित गर्ने कला पनि हो, ‘उनले भने, ‘युद्धमा गएका बेला चिउरा र बेसारबाट पिठायो बनाएर गएका थिए ।’

भुवा पर्व चार प्रकृतिमा खेलिने उनले बताए । रैका, पाण्डप, गौरा पर्वको तेस्रो दिन र आँगोको ज्योति बालेर खेलिन्छ । धार्मिक, समाजिक एकताका लागि भुवा पर्व मनाईन्छ । बाजुरा समाजका अध्यक्ष अफिलाल जोशीले लोक संस्कृति संरक्षणका लागि नागरिक सचेत हुनुपर्नेमा जोडदिए । सुदूरपश्चिम विश्वविद्यालय भाषा, साहित्य संस्कृति केन्द्रका प्रमुख एव प्राध्यापक डा.हरिशचन्द्र भट्टले भुवा पर्व साँकृतिक धार्मिक एव ऐतिहासिक महत्व रहेको बताए । ‘यसमा कला र सुरक्षादृष्ट्रिकोणबाट महत्व रहेको छ, ‘उनले भने, ‘शक्ति र राज्यको सार्मथ्यसंग जोडिएको छ ।’ युवा पुस्तालाई मौलिक संस्कृति परम्परा हस्तान्तरण आवश्यक रहेको बताए । उनले भुवा पर्वका दिन सार्वजनिक विदा दिनुपर्ने बताए । सिद्ध सामुदायिक सेवा समितिका अध्यक्ष लक्ष्मण अधिकारीले लोक हुन लागेको पर्व संरक्षणका लागि भुवा पर्व मनाईएको बताए । ‘हामीले चार दशकपछि हल्दुखालमा भुवा पर्व मनाएका छौँ, ‘उनले भने, ‘यो हाम्रो ऐतिहासिक लोक परम्परा हो, यसको संरक्षण गर्न हामीले प्रयास गरेका छौँ ।’ महाभारतको युद्धमा पाण्डको बिजयी भएको अवसरमा दिवस मनाईदै आएको उनले बताए । भुवा पर्व युद्धकलादेखि सामाजिक साँस्कृतिक महत्व रहेको बताए । सिद्ध सामुदायिक सेवा समितिका अध्यक्ष अधिकारीले सुदूरपश्चिमका बझाङ, बाजुरा र अछाम जिल्लामा प्रत्येक वर्ष मनाइने मौलिक भुवा पर्वको हल्दुखालमा पनि मनाईएको बताए । ‘४० वर्ष अघिसम्म हल्दुखालमा यो पर्व धुमधामका साथ निरन्तर मनाइन्थ्यो,’ उनले भने,‘त्यसपछिको करिब ४० वर्ष लोप जस्तै भयो । यो वर्षदेखि पुनः भुवाभस्सो जगाउने अभियान थालेका छौं ।’ द्वापरयुगदेखि महाभारत युद्दपश्चात असत्य माथि सत्यको बिजय भएको खुसीयालीमा पाँच पाण्डवले चलाएको मानिने भुवा पर्व यस प्रदेशको मौलिक पर्व भएकाले हरेक वर्ष मनाइने गरिएको अधिकारीले बताए ।

भुवा खाणाबाट सुरु भएर घर घरमा गई पाँच पाण्डवको गाँथा गाउँदै आर्शिवाद दिदै भट्याउदै ढाल तरवार नचाउदै खेल्ने गरिन्छ । यो पर्वमा परदेशिएकाहरु पनि घर फिर्छन । नयाँ लुगा लगाई, चिटिक्क परेर पर्वमा सामेल हुन्छन । सामाजिक एकता र माया बढाउने पर्वका रुपमा पनि यसलाई लिइने अध्यक्ष अधिकारीले बताए । भीमदत्त नगरपालिका ७का वडाध्यक्ष सुदूरपश्चिमको ऐतिहासिक पर्व भुवालाई स्थानीय सरकारले समेत संरक्षण गर्नुपर्ने र आफ्नो तर्फबाट भुवाको संरक्षण गरिने बताए । बडिमालिका समाज विकास नेपालले दोधाराचाँदनी र सिद्ध सामुदायिक सेवा समितिले हल्दुखालमा आयोजना गरेको भुवा कार्यक्रममा सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशीले भुवा पर्वको संरक्षण सम्र्बद्धनमा जोडदिएका छन । भुवा भस्सो समारोहमा सुदूरपश्चिमका चर्चित गायक नरेन्द्रराज रेग्मी, लाल बहादुर धामी (अछामी बड्डो) , गायिका संगीता शाह, लक्ष्मण अधिकारी (दुबइको लाहु¥या) लगायतका कलाकारले भुवा सरक्षण हुने गित गाएका थिए ।







