भीमदत्तको नगर सभा अधिवेशन सम्पन्नः २५ विधेयक पारित


महेन्द्रनगर : कञ्चनपुरको भीमदत्त नगरपालिकाको नगर सभा अधिवेशन सम्पन्न भएको छ । गत शनिबार उद्धघाटन गरिएको नगर सभा अधिवेशन आईतबार सम्मन्न भएको हो । भीमदत्त नगरपालिका नगर प्रवत्ता हिमाल चन्दले सभामा २५ विधेयक पास भएको बताउनु भयो । उहाँ अनुसार विधेयकसँगै अन्य सभाले महत्वपुर्ण निर्णय पनि गरेको छ । शनिबार सभामा २५ वटा विधेयक पेस भएका थिए । उक्त विधेयकमाथि अध्ययन गर्न सभा सदस्यलाई एक हप्ताको समय उपलब्ध गराईएको थियो । विधेयक अध्ययनपछि सभामा छलफल भएको र सदस्यबाट आएका सुझाव अनुसार आवश्यक संशोधनसहित विधेयक पारित गरिएको नगर प्रवक्ता चन्दको भनाई छ ।

नगर सभा अधिवेशनबाट नगरपालिका कार्य सञ्चालन विधेयक, सार्वजनिक सुनवाई सम्बन्धि विधेयक, भिमदत्त प्रज्ञा प्रतिष्ठान विधेयक, वातावरण तथा प्राकृतिक श्रोत संरक्षण सम्बन्धी विधेयक, न्यायिक समिति सम्बन्धी कार्यविधि, नगर प्रहरी, नगर शिक्षा, बजार व्यवस्थापन, स्थानीय सेवा, सार्वजनिक निजि साझेदारी, एफएम रेडियो सञ्चालन, कृषी, विपद् जोखिम जोखिम न्युनिकरण विधेयक, वन विधेयक, स्थानीय स्वास्थ्य विधेयक, भवन निर्माण मापदण्ड लगायतका विधेयक पारित भएका हुन् । नगरपालिकाले यस अघि नै २१ वटा ऐन, नौ निमावली, ५५ कार्यविधि र छ निर्देशिका निर्माण गरि लागु गरिसकेको छ । सभामा चाुल आर्थिक वर्षको प्रगति समिक्षा समेत पेश गरिएको थियो । भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टको अध्यक्षतामा अधिवेशन सम्पन्न भएको हो । नगर प्रमुख विष्टले विषयगत विधेयक, प्रगति समिक्षा लगायत अन्य विषयमा छलफलसहित आवश्यक निर्णय गरिएको बताउनु भयो । सुदूरपश्चिम प्रदेशमै भीमदत्त नगरपालिकाले स्थानीय जनप्रतिनिधिको पहिलो कार्यकालको अन्तिम नगर सभा सम्पन्न गरेको हो ।

भीमदत्तद्धारा पाँच महिनामा पाँच करोड आन्तरिक आय संकलन
महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले पाँच महिनामा पाँच करोड राजस्व संकलन गरेको छ । नगरपालिकाले आन्तरिक आय अन्र्तगत मात्रै उक्त राजस्व संकलन गरेको हो । नगरपालिकाका लेखा शाखा प्रमुख गोविन्द उपाध्यायले चालु आर्थिक वर्षको मंसिरसम्ममा उक्त राजस्व संकलन भएको बताउनु भयो । उहाँका अनुसार नगरपालिकाले वार्षिक ११ करोड आन्तरिक राजस्व संललन गर्ने लक्ष्य लिईएकोमा ४५ प्रतिशत बढी आन्तरिक आय संकलन भईसकेको छ । त्यस्तै आन्तरिक आय अतिरिक्त मालपोत करबाफत नगरपालिकालाई वार्षिक तीन करोड ५० लाख र विभाज्य कर अन्र्तगत सात करोड ५० लाख रुपयाँ प्राप्त हुने लेखा प्रमुख उपाध्यायको भनाई छ । भीमदत्त नगरपालिकाकाले स्थानीय सरकारको नेतृत्व पाएपछि आन्तरिक आयलाई बढाउदैँ लगेको छ । चार वर्ष अघि नगरपालिकाको आय करिब चार करोड रुपयाँ रहेकोमा गत वर्षसम्मा त्यसमा वृद्धि गरि २१ करोड पु¥याईएको छ ।


Loading Viewer...

ताजा समाचार

spot_img