लोक संस्कृति जोगाउन हल्दुखालमा भुवा पर्व खेलिने (भिडियो सहित)


कञ्चनपुर : श्री सिद्ध सामुदायिक सेवा समिति भिनपा ७ हल्दुखाल ,कञ्चनपुरको आयोजनामा भुवा भस्सो पर्वको आयोजना गर्ने भएको छ । समितिले शनीवार पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो । परापुर्वकालमा पाण्डवहरुले लडाईको बारे जानकारी सिकाउने गरेको किम्बदन्ती रहेको छ । कञ्चनपुरमा ४० बर्ष पछि यो पर्व मनाउन लागेको समितिका लक्ष्मण अधिकारीले दिए । पुष औशीबाट भुवा भस्सो खेल सुरु हुनेको छ । पुर्णीमा तथा पुष मसान्त भित्र खेलको समापन गर्नुपर्ने छ । पहिलो भुवो काबाट उब्जियो भुस्सो रे भुस्सो गित गाईने गरिन्छ ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–७ हल्दुखालमा ४० वर्षपछि भुवा भस्सो खेलिने भएको छ । झण्डै लोप भइसकेको यो मौलिक पर्व मनाउन सिद्ध सामुदायिक सेवा समितिले पहल थालेको हो । ‘भुवा भस्सो, ढुस्को, देउडा हेर्न–खेल्न सबै जना आईझाया’ समितिका अध्यक्ष तथा देउडा गायक कलाकार लक्ष्मण अधिकारीले निम्तो दिएका छन ।
उनका अनुसार खासगरी सुदूरपश्चिमका बझाङ, बाजुरा र अछाम जिल्लामा प्रत्येक वर्ष मनाइने मौलिक भुवा पर्वको हल्दुखालमा पनि तयारी सुरु भएको छ । ‘४० वर्ष अघिसम्म हल्दुखालमा यो पर्व धुमधामका साथ निरन्तर मनाइन्थ्यो,’ उनले भने,‘त्यसपछिको करिब ४० वर्ष लोप जस्तै भयो । यो वर्षदेखि पुनः भुवाभस्सो जगाउने अभियान थालेका छौं ।’ भुवा पर्वलाई परम्परागत र भब्य तरिकाले मनाउन स्थानीय युवा जुटेका हुन् । द्वापरयुगदेखि महाभारत युद्दपश्चात असत्य माथि सत्यको बिजय भएको खुसीयालीमा पाँच पाण्डवले चलाएको मानिने भुवा पर्व यस प्रदेशको मौलिक पर्व भएकाले हरेक वर्ष मनाइने गरिएको छ ।

प्रदेश सरकारले आइतवार बझाङ, बाजुरा र अछाममा सार्बजनिक बिदा दिने घोषणा गरिसकेको छ । यी तीन जिल्ला बाहेक भुवा भस्सो डोटीका केहि ठाउँ र कर्णालीका पनि केही जिल्लामा मनाइने गरिन्छ । ढाल, तरवार समातेर बाजाको चाल अनुसार चाल मिलाउदै खेलिने यो मौलिक पर्व पुष महिनामा औषि देखि पूर्णिमासम्म वा पुस मसान्तसम्म इच्छा अनुसार खेल्न सकिन्छ । भुवा खाणाबाट सुरु भएर घर घरमा गई पाँच पाण्डवको गाँथा गाउँदै आर्शिवाद दिदै भट्याउदै ढाल तरवार नचाउदै खेल्ने गरिन्छ । बझाङ, बाजुरा र अछाममा त दशैं पछिको सबैभन्दा ठूलो पर्वका रुपमा भुवालाई लिने गरिन्छ । यो पर्वमा परदेशिएकाहरु पनि घर फिर्छन । नयाँ लुगा लगाई, चिटिक्क परेर पर्वमा सामेल हुन्छन । सामाजिक एकता र माया बढाउने पर्वका रुपमा पनि यसलाई लिइने अध्यक्ष अधिकारीले बताए । हल्दुखालमा आइतबार सुदूरपश्चिमका प्रदेश प्रमुख देबराज जोशीले भुवा पर्वको उद्घाटन गर्ने कार्यक्रम छ । भुवा भस्सो समारोहमा सुदूरपश्चिमका चर्चित गायक नरेन्द्रराज रेग्मी, लाल बहादुर धामी (अछामी बड्डो) , गायिका संगीता शाह, चर्चित (¥यापर अराज केशव र लक्ष्मण अधिकारी (दुबइको लाहुया) को पनि सांस्कृतिक प्रस्तुतीसहितको सांगीतिक कार्यक्रम रहने आयोजक संस्थाले जनाएको छ ।


ताजा समाचार

spot_img