कञ्चनपुर : श्री शुभलाभ कृषी सहकारी संस्था लिमिटेड को नवौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । शुक्रवार सम्पन्न सभामा संस्थाका अध्यक्ष लवराज पनेरुले वार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । सहकारीलाई आर्थिक समृद्ध बनाउन सबै सदस्यको सहयोग हुनु पर्ने र सदस्य संख्या र पुजि बृद्धि गरी नमुनाको रुपमा लैजान आवश्यक रहेको कार्यक्रमका प्रमुख अतिथि हेमराज जोशीले बताउनु भयो ।

भीमदत्त नगरपालिकाको वडा नं. ४ मा सेवा बिस्तार गरेको सहकारीले भीनपाका सबै वडामा सेवा बिस्तार गर्ने रणनिति लिएको छ । कार्यक्रममा अम्बा दत्त तिवारी, भाष्कर केसी लगायत अतिथि रहेका थिए । वहाँहरुले सहकारीको निति अवलम्वन गरी कार्य गर्नु पर्ने र समुदाय र संस्थाका सदस्यहरुको आवश्यकताका आधारमा ऋण लगानी गर्नु पर्नेमा जोड दिएका थिए ।

आर्थिक प्रतिवेदन संस्थाका कोषाध्यक्ष लोकराज भट्ट लोकेशले प्रस्तुत गर्नु भएको थियो । कार्यक्रम सञ्चालन संस्थाका सदस्य पुष्कर नाथले सञ्चालन गर्नु भएको थियो । साधारणसभा कार्यक्रममा शेयर सदस्य कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।







