बित्तिय साक्षरता कार्यक्रम सम्पन्न


कञ्चनपुर : माछापुच्छ्रे बैंक लिमिटेड महेन्द्रनगर शाखाको आयोजनामा भिमदत्तनगरपालिका १६ मा रहेको कन्चनपुर जिल्लाकै उत्कृष्ट बिद्यालय प्रभात विद्या निकेतनमा ब्यवस्थापन संकायमा अध्ययनरत कक्षा ११ र १२ का बिद्यार्थिहरुका लागि संचालन गरिएको बित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा विद्यालयका प्रधानध्यापक शंकर दत्त भट्ट, सहायक प्रधानध्यापक यज्ञराज पाण्डेय, शिक्षक देवराज जोशी, राजेन्द्र प्रशाद भट्ट, शाखा रहित बैंकिङ्ग सेवा केन्द्र लालपुरका बिरेन्द्र कलौनि सहित करिब ६० जना बिद्यार्थीको सहभागीता रहेको उक्त कार्यक्रममा माछापुच्छ्रे बैक महेन्द्रनगर शाखाका शाखा प्रबन्धक दिपक खड्का, अपरेशन ईन्चार्ज सुरेश रावल ले बैकले प्रवाह गरिरहेका सेवा सुबिधाका बारेमा प्रकाश पारेका थिए।

विद्यालयका प्रधानध्यापक शंकर दत्त भट्टले धन्यवाद ज्ञापन गरेका थिए। कार्यक्रमको संचालन माछापुच्छ्रे बैक ग्राहक सेवा केन्द्र शाखा रहित बैंकिङ्ग सेवा भिमदत्तनगरपालिका १६ का प्रमुख राजेन्द्र बहादुर चन्दले गरेका थियो।


ताजा समाचार

spot_img