गैर सरकारी सस्था महासंघ कञ्चनपुरले ग¥यो केन्द्रिय समितिमा निर्वाचित पदाधिकारीलाई सम्मान


कञ्चनपुर : गैर सरकारी सस्था महासंघ कञ्चनपुरले केन्द्रिय समितिमा निर्वाचित पदाधिकारीलाई सम्मानित गरेको छ । बिहिवार आयोजना गरेको कार्यक्रममा महासघको केन्द्रीय कार्यसमितिको १० औं महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरुलाई बधाई कार्यक्रम आयोजना गरेको हो ।

साथै पुसे पन्ध्र तथा ल्होसार पर्वको शुभकामना आदन प्रदान पनि गरिएको थियो । गैर सरकारी संस्था महासंघको केन्द्रीय कार्य समितिको सचिवमा निर्वाचित भवराज रेग्मी तथा केन्द्रीय सदस्य भगत सिह विकलाई नागरिक सघ सस्थाका प्रतिनिधिद्वारा बधाई तथा अभिनन्दन गरिएको थियो ।

उक्त कार्यक्रमको सभापतित्व गैर सरकारी संस्था महासंघ कञ्चनपुरका अध्यक्ष नरेस सिलालले गरेका थिए भने प्रमुख अतिथीमा गैर सरकारी संस्था महासंघको केन्द्रीइ कार्य समितिमा नवनिर्वाचित सचिव भवराज रेग्मीले रहेका थिए । कार्यक्रमको सञ्चालन अमिर तिरुवाले गरेका थिए ।


Loading Viewer...

ताजा समाचार

spot_img