सुप विश्वविद्यालयले बेथिति नरोके चरणबद्ध आन्दोलन गर्ने क्रान्तिकारीको चेतावनी


कञ्चनपुर : नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले सुदूरपश्चिम विश्वविद्यालयले बेथिति नरोके चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ । अखिल क्रान्तिकारी सुप विश्वविद्यालय राष्ट्रिय कमिटिले विश्वविद्यालयले बेथिति नरोके चरणबद्ध आन्दोलनको चेतावनी दिएको हो ।

क्रान्तिकारीले मंगलबार एक प्रेस विज्ञप्ती जारी गर्दै यस अघि सगठनले उपकुलपतिलाई बुझाएको माग पत्रबारे कुनै सुनुवाई नभएको भन्दै आन्दोलनको चेतावनी दिएको हो । क्रान्तिकारी राष्ट्रिय कमिटी अध्यक्ष गणेश मिश्रद्वारा हस्ताक्षर गरिएको प्रेस विज्ञप्तीमा स्थापनाकालदेखि नै बेथिती मौलाएको जनाएको छ । विश्वविद्यालयले सभा गरेको निर्णय अपारदर्शी भएको भन्दै अहिले विद्यार्थी संगठन आन्दोलित भएका छन ।

यस अघि एमाले, समाजवादी निकटले उकुलपति कार्यालयमा तालाबन्दी गरेर आन्दोलन जारी राखेका छन । विद्यार्थी संगठनले उपकुलति डा.अमराज जोशीले विश्वविद्यालयलाई साझा भन्दा पनि राजनीतिक एव भेगिय, क्षेत्रीय एव आफन्तवाद अनुरुप संचालन गर्न खोजेर बेथितिलाई थप मलजल गरेको आरोप लगाएका छन ।


ताजा समाचार

spot_img