लागु औषध चरेश सहित दुई जना पक्राउ


धनगढी : सुदूरपश्चिम प्रदेश प्रहरी प्रधान कार्यालय धनगढीबाट आरटीटी र अस्थाई पोष्ट खानिडाँडाबाट खटीएको संयुक्त प्रहरी टोलीले लागु औषध चरेश सहित दुई जना पक्राउ गरेको छ ।

पुस १२ गते राति ११ बजेको समयमा चुरे गाँउपालिका –५ बेल्चापलान स्थित बझाङ्ग देखि धनगढी तर्फ आउदै गरेको से १ ज ७१८ नं.को जिपबाट १६ केजी लागु ओषध चरेस फेला परेको हो । जिपमा चालकको पछाडी पट्टिको सिटमुनी २ वटा प्लाष्टिकको सेतो कट्टा र झोलामा राखिएको अवस्थामा उक्त चरेश फेला परेको थियो ।

चालक बझाङ्ग बुङ्गल न.पा. ११ देउलीकोट बस्ने वर्ष २८ को बिर बोहरा र सोही स्थान बस्ने वर्ष ४० का गमिलाल बोहरालाई जिप सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको जिल्लाप्रहरी कार्यालय कैलालीले जनाएको छ ।

 


Loading Viewer...

ताजा समाचार

spot_img