चरेश सहित दुई जना पक्राउ


कञ्चनपुर : जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले भीमदत्तनगरपालिका –८ बाट चरेस सहित दुई जनालाई पक्राउ गरेको छ ।

कञ्चनपुर जिल्ला प्रहरी कार्यालयबाट खटिएको संगिय लागु औषध प्रहरी इकाई कार्यालय नियन्त्रण सेल प्रहरी टोलिले भीनपा– ८ तिलाचौड स्थित भुमिराज नास्ता, किराना पसल संचालक बर्ष ४३ को भान देब भट्टको पसलमा रित पुर्बक खानतलासी गर्दा पसलको र्याकमा प्रिति चाउचाउको पेटिभित्र लुकाई छिपाई गरी राखिएको अवस्थामा शुद्ध तौल गर्दा ९९.६० ग्राम चरेश र सोही स्थान बस्ने बर्ष ४३ को गगन बहादुर क्षेत्रीलाई शंका लागी चेक जाँच गर्दा निजको साथबाट शुद्ध तौल गर्दा ३.१६ ग्राम चरेश फेला परेपछि उनीहरुलाई पक्राउ गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाउको छ ।


Loading Viewer...

ताजा समाचार

spot_img