कञ्चनपुर : सुदूरपश्चिम विश्वविद्यालयका पुर्व निमित्त रजिष्ट्रार तथा शिक्षा शास्त्र संस्कायका निर्वतमान डिन डा. गोबिन्द सिह विष्ट नेपाल खुला विश्वविद्यालयको रजिष्ट्रार(कुल सचिव)मा नियुक्त भएका छन । शिक्षा विज्ञान तथा प्रविधी मन्त्रालयले सुप विश्वविद्यालयका सह प्राध्यापक समेत रहेका डा विष्टलाई नेपाल खुला विश्वविद्यालयको रजिष्ट्रार(कुल सचिव)मा नियुक्त गरेको हो ।

हालै मन्त्रालयले रिक्त रहेको रजिष्ट्रार(कुल सचिव)मा कञ्चनपुर निवासी डा. विष्टलाई नियुक्त गरेको छ । नेपाल खुला विश्वविद्यालयको रजिष्ट्रार(कुल सचिव)मा नियुक्त भएका डा. विष्टले आफुलाई पाईएको जिम्मेबारी व्यवसायिक तथा उच्च कुसलताका साथ पुरा गर्ने प्रतिबद्धता जाहेर गरेका छन । डा. विष्ट प्राज्ञिक तथा प्रशासनिक क्षमतामा अब्बल मानिन्छन ।







