एकिकृत अखिल शिक्षक संगठन कञ्चनपुरद्वारा अडियो काण्डको भत्र्सना


कञ्चनपुर : एकिकृत अखिल शिक्षक संगठन कञ्चनपुरले एक विज्ञप्ती मार्फत सांसद नर बहादुर धामीका स्वकीय सचिज अर्जुन भट्टको अडियो काण्डको भत्र्सना गरेको छ ।

संगठनले शुक्लाफाँटा नगरपालिका अन्न्र्तगत शुक्लाफाँटा बहु प्राविधिक शिक्षालयको संचालक समिति सदस्य तथा नेकपा एमालेबाट विजयी सांसद धामीका स्वकीय सचिव अर्जुन भट्टले एकिकृत अखिल शिक्षक संगठनका पुर्व शुक्लाफाँटा नगर अध्यक्ष महेश राज भट्टलाई नामै किटानी गरी राजनैतिक पुर्वाग्रह पूर्ण भाषा प्रयोग गरेको र सोही क्याम्पसका संहायक प्रशिक्षक निरज कडेललाई गरेको अडियो कल र कडेललाई धम्की दिएको अडियो सार्वजनि भएको पछि एकिकृत अखिल शिक्षक संगठनले त्यसको भ्रत्सना गरेको हो ।

उक्त निन्दनिय कार्यलाई अर्जुन भट्टले आत्मग्लानी गर्दै अब उप्रान्त यस्ता गलत हर्कत नगर्ने गरी समय मै आफ्नो कमजोरी स्वीकार गर्न आग्रह गरेको छ । संगठनले अर्जुन भट्टको निन्दनीय कार्यको राजनैतिक एवं सांगठनिक रुपमा ससक्त रुपमा प्रतिकार गरिने व्यहोरा विज्ञप्ति मार्फत जानकारी गराएको छ । संगठनका संयोजक गंगा दत्त भट्टद्धारा हस्ताक्षरित बिज्ञप्ती मार्फत अर्जुन भट्टलाई आफनो कमजोरी स्वीकार गर्न आग्रह गरेको हो ।


Loading Viewer...

ताजा समाचार

spot_img