कञ्चनपुर: आम विद्यार्थीहरुलाई परिचय पत्रको आधारमा सार्वजनिक यातायातमा ४५% छुटको माग गर्दै अखिल (क्रान्तिकारी) सुदुरपश्चिम अन्तर्गतका विभिन्न जिल्लाहरुमा जिल्ला प्रमुख अधिकारीलाई शुक्रबार माग पत्र बुझाएका छन् ।

नेपाल सरकारले नै वि.स. २०६५ सालमै निर्णय गरि लागू हुँदै आएको विद्यार्थी परिचयपत्रको आधारमा भाडादरमा ४५% छुट अहिले सार्वजनिक यातायात व्यवसायीहरुले अहिले दिन बन्द गरेको प्रति संगठनले सम्बन्धित निकाय लाई ध्यानाकर्षण गर्दै कार्यान्वयन गर्न जोडदार माग गरेको छ अन्यथा संगठन चरणबद्ध आन्दोलनमा उत्रने मागपत्रमा उल्लेख गरिएको छ ।

साथै आज कञ्चनपुर , अछाम ,डोटी र बझाङ गरी चार जिल्लामा एकै दिन मागपत्र बुझाएको अखिल क्रान्तिकारी सुदुर पश्चिम इन्चार्ज प्रकाश जप्रेल ले बताएका छन् ।







