मुक्त हलिया, महिला र अपाङ्गता भएका व्यक्तिहरुको मानवअधिकार उल्लङ्घनका मुद्दाहरु व्यवस्थापन सम्बन्धी ३ दिने तालिम सम्पन्न


कञ्चनपुर : मुक्त हलिया, सशक्तिकरण (अधिकार) परियोजना अन्तर्गत मुक्त हलिया, महिला र अपाङ्गता भएका व्यक्तिहरुको मानवअधिकार उल्लङ्घनका मुद्दाहरु व्यवस्थापन सम्बन्धी ३ दिने तालिम कार्यक्रम सम्पन्न भएको छ । पौष ६ गते बाट शुरु भएको तालिम आज (पौष ८ गते) सम्पन्न भएको हो ।

युरोपियन युनियनको आर्थिक सहयोग र सहायेगी संस्था फेल्म नेपाल, लुथरन विश्व फेडेरेशन नेपाल, काहुराष्ट्र नेपालको आयोजनामा उक्त कार्यक्रमको आयोजना गरिएको बैतडी, डडेल्धुरा, बझाङ्ग, डोटी, कञ्चनपुर गरी पाँच जिल्लाका मुक्त हलिया परिवारलाई मानवअधिार सम्बन्धी प्रशिक्षण दिएको थियो ।

मानवअधिकार उल्लङ्घनका मुद्दाहरु व्यवस्थापन सम्बन्धी तिन दिने प्रशिक्षण आफुहरुलाई एकदम उपलब्धि मुलक भएको सहभागी जोग सुनारले बताए । त्यसैगरी क्रार्यक्रममा सहभागी सञ्जु नेपालीले मुक्त हलिया अधिकारका विषयमा आफुहरु लागी रहेको अवस्थामा यस प्रशिक्षण कार्यक्रमले थप उर्जा ल्याउनुको साथै चुनौतिहरु सँग कसरी सामना गर्ने बारे जानकारी भएको बताईन् ।

त्यसैगरी जिल्ला समन्वय समिति प्रमुख फैरु तामाङ्गले यस तालिमले आवाज विहीनहरुलाई आवाज उठाउन सक्ने बनाएको बताए । काहुराष्ट्र नेपालका जिल्ला अध्यक्ष निराञ्जन विष्टले काहुराष्ट नेपाल मानव अधिकार तथा समाज रुपान्तरणको लागि कार्य गर्ने संस्था रहेकोले समाजिक रुपान्तरणको लागि यस प्रकारको तालिमले निकै महत्वपुर्ण भुमिका निर्वाह गर्ने बताए ।

मानव अधिकार सम्बन्धी वकालत गर्दै आउनु भएका अधिवक्ता अच्युत आचार्य तथा काहुराष्ट्र नेपालका तथा मानवअधिकार कर्मी सरला महार्जन मुख्य प्रशिक्षिक रहेको  उक्त कार्यक्रममा लुथरन विश्व फेडेरेशन नेपाल परियोजना अधिकृत चेतमान सावँदले समस्या, सवाल तथा अभियान सम्बन्धि प्रशिक्षण दिएका थिए ।

विभिन्न जिल्लाबाट आएका मुक्त हलिया परिवारलाई आफ्नो अधिकार सहित समुदायको अधिकार कसरी र कहाँबाट प्राप्त गर्न सकिन्छ । मानव अधिकार भित्र के के पर्छन ? र कसरी प्राप्त गर्ने भन्ने बारे प्रशिक्षण दिएको थियो । आज समापनमा भएको समापन कार्यक्रमा  सक्रिय सहभागीहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो ।

३ दिने मुक्त हलिया, महिला र अपाङ्ता भएका व्यक्तिहरुको मानव अधिकार उल्लङ्घनका मुद्दाहरु सम्बन्धी प्रशिक्षण कार्यक्रम समापनको सभापतित्व काहुराष्ट्र नेपालका कञ्चनपुर जिल्ला अध्यक्ष निराञ्जन विष्ट रहनु भएको थियो  भने प्रमुख अतिथीमा जिल्ला समन्वय समितिका अध्यक्ष फैरु तमाङ्ग रहनु भएको थियो साथै कार्यक्रम सञ्चलन सिवी लोहारले गर्नु भएको थियो ।

 


Loading Viewer...

ताजा समाचार

spot_img