कञ्चनपुर : सुदूरपश्चिम विश्वविद्यालयमा अध्ययनरत वि.वि.एस चौथो वर्षका विद्यार्थीलाई सोही क्याम्पसमा अध्ययनरत वि.वि.एस तेस्रो वर्षका विद्यार्थीले विदाई कार्यक्रम गरेका छन् । विदाई कार्यक्रममा विदाई भई जाने विद्यार्थीलाई शैक्षिक प्रगतिको कामना सहित सामाजिक कार्यमा पनि सक्रिय हुन आफुहरुले आव्हान गरेको वि.वि.एस तेस्रो वर्षमा अध्ययनरत दिपक निरौलाले बताए ।

उक्त कार्यक्रममा चौथो वर्षका विद्यार्थीलाई तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुले मायाको चिनो समेत दिएका थिए । वि.वि.एस. तेस्रो वर्षमा अध्ययनरत चक्र प्रसाद पन्तको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथी व्यवस्थापन विभागका डिन् प्रा.डा. पदमराम जोशी, विशिष्ट अतिथिमा व्यवस्थापन विभागका विभागीय प्रमुख प्रा. शंकर दत्त भट्ट, त्यसैगरी मानविकी विभागका विभागिय प्रमुख प्रा.डा. हरिश चन्द्र भट्ट, अतिथीमा गोबिन्दबल्लभ भट्ट, रितुराज भट्ट दिपकराज पाण्डेय, प्रशासन प्रमुख लक्ष्मी जोशी रहेका थिए भने कार्यक्रम सञ्चालन विरेन्द्र बोहराले गरेको थिए ।







