कञ्चनपुर : कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा टिभी र कोभिड-१९ सम्बन्धि सरोकारवाला संग जानकारी मुक्त प्रस्तुतीकरणका साथ छलफल कार्यक्रम सम्पन्न भएको छ।

मंगलबार राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लू) को तालिम हलमा कार्यकारी निर्देशक अशोक कुमार जैरु, स्वास्थ्य कार्यालय कंचनपुरका वरिष्ठ अधिकृत शिवराज सुनारको अध्यक्षतामा टिभी र कोभिड-१९ सम्बन्धि जानकारीका मुक्त प्रस्तुतीकरणका साथै लाञ्छना न्यूनीकरणको लागी सचेतिकरण छलफल कार्यक्रम गरिएको हो।
कार्यक्रममा प्रस्तुतीकरण कार्यक्रम संयोजक आरती सुनार र सिद्ध राज भट्ट स्वास्थ्य कार्यालयकाले एचआईभी ,टिभी र कोभिड-१९ सम्बन्ध प्रस्तुतीकरण गर्नु भएको हो।

उक्त कार्यक्रममा स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख लगायत प्रतिनिधि ,महाकाली प्रादेशिक अस्पतालका डा. धिरज जोशी , डा. गोबिन्द्र रोकाया ,एचआईभी फोगल पर्सन ,काउन्सिलर, प्रयोगसाला प्रतिनिधि ,नेपाल रेडक्रस कञ्चनपुर र एचआईभीको क्षेत्रमा कार्यरत विभिन्न संघसंस्थाका प्रतिनिधिको लगायतको उपस्थिति रहेको थियो।







