मिडिया एक्सन नेपालको छैटौं वार्षिकोत्सव सम्पन्न

मिडिया स्वतन्त्र र समावेशीहुनु पर्नेमा विज्ञहरुको जोड


काठमाडौं : मिडिया एक्सन नेपालको छै्ठौं वार्षिकोत्सव समारोह एक कार्यक्रम बीच काठमाडौंमा सम्पन्न भएको छ । मंगलबार काठमाडौंमा स्वतन्त्र र समावेशी मिडियाका आधार विषयक संवाद कार्यक्रम गरी वार्षिकोत्सव मनाइएको हो । कार्यक्रममा बोल्दै राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले सञ्चार क्षेत्र सामाजिक लैगिंक समावेशी रुपान्तरणको बाहक भएकाले यसले निश्पक्ष र स्वतन्त्र ढंगबाट समाचार सम्प्रेशण गर्नुपर्ने बताईन् । मिडियाले आफ्नो मुख्य आधार भूमि राजनीतिलाई मान्दा पछिल्लो समय मिडियो प्रतिको विश्वसनियता घट्दै गएको उनले बताईन् । ‘ठूला सञ्चार गृहमा पत्रकार महिला निर्णायक तहमा पुग्न सकेका छैनन्,’ उनले भनिन्, ‘महिलाहरु थुप्रै चुनौतीका बीचआफ्ना जिम्मेवारी बहनमा पछि नहट्ने भएकाले उनीहरुको कामको सम्मान र मूल्याङ्कन जरुरी छ ।’

Open photo

त्यस्तै, कार्यक्रमका अतिथि राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङले सूचना माग गर्ने सवालमा ५० प्रतिशत पत्रकारले मात्र हक प्रयोग गर्ने गरेको देखिएकाले यसमा थप पहुँचको आवश्यकता रहेको औंल्याए । संविधानले सुनिश्चित गरेको प्रेस स्वतन्त्रता र समावेशीताको विषयमा सञ्चार गृह चुकेको उनले बताए । नेपालका लागि इजरायलका राजदुत हननगोदरले इजरायल र मिडिया एक्सन नेपाल बीचको सम्बन्ध थप मजबुद बनाउन यसले गरिरहेका क्रियाकलापले टेवा पुग्ने बताए ।उनले नेपाली मिडियाको कामप्रति मिडिया एक्सन नेपालले खेलिरहेको वाचडगको भुमिका प्रशंसनिय रहेको भन्दै यसलाई निरन्तरता दिन पनि आग्रह गरे । कार्यक्रममा अर्का अतिथि राष्ट्रिय मानव अधिकार आयोगका सचिव मुरारी प्रसाद खरेलले संविधानमा प्रेस स्वतन्त्रताको उल्लेख गरिएको भए पनि कानुनी रुपमा स्वतन्त्रता दिलाउन राज्य उदार नदेखिएको जनाए । साथै उनले स्वतन्त्र पत्रकारिताका लागि डिजिटल र भौतिक खतराका कारण प्रेस कस्तो डोरीमा बांधिएर चलेको छ भन्ने विषय हेर्नुपर्ने उल्लेख गरे ।

Open photo

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले मिडिया एक्सन नेपालले आफ्नो पहिचान बनाउन सफल भएको र यसले प्रेस स्वतन्त्रता र समावेशी समाचार कक्ष निर्माणको सन्दर्भ मागरिरहेको काम प्रति महासंघ आभारी रहेको बताए । प्रेस स्वतन्त्रतार समावेशीको मुद्दा मुख्य रहेकाले यसलाई सम्बोधन गर्न महासंघ र मिडिया एक्सन नेपाल जस्तो संस्थाको भुमिका अपरिहार्य हुने उनको भनाई थियो । मिडिया एक्सन नेपालका सल्लाहकार माधव शर्माले पत्रकार समाजको ऐना नै भएकाले स्वतन्त्र लेखनमा ध्यान दिनुपर्ने बताए । अर्का सल्लाहकार अग्रज पत्रकार धु्रवहरि अधिकारीले पत्रकारहरु समाचार लेख्ने विषयमा अन्य कुराले आकर्षित गर्न नहुने बताए । पत्रकारिता र राजीति छुट्टिनु पर्ने भन्दै उनले स्वतन्त्र पत्रकारिताले मात्र सामाजिक रुपान्तरण गर्न सक्ने जनाए । सेन्टर फर ईन्भेस्टिगेटिभ रिपोर्टिङ श्रीलंकाकी कार्यकारी निर्देशक दीलरुक्सी हन्दुन्नेतीले मिडिया एक्सन नेपालको छैठौं वर्ष प्रवेशको उपलक्ष्यमा शुभकामना दिंदै पत्रकारितामा श्रीलंकाको तुलनामा नेपाली पत्रकारिता समावेशी रहेकोमा बताइन् ।

Open photo

यस संस्थाले यस्ता कार्य प्रति गरिरहेको अपनत्वको उनले प्रशंसा गरिन् । मिडिया एक्सन नेपालका अध्यक्ष लक्ष्मण दत्त पन्तले विगत ६ वर्षदेखि मिडिया एक्सन नेपालले नेपाली पत्रकारितामा प्रेस स्वतन्त्रता र समावेशीता लागु गर्न गरिरहेको प्रयासले विस्तारै फड्को मारिरहेको बताए । उनले संस्थाले स्थापना देखि अहिलेसम्म १० हजार बढी पत्रकारलाई लाभांवित हुने गरी विभिन्न कार्यक्रम सम्पन्न गरेको र कोरोनाकालमा मात्रै ७ सय बढी पत्रकारलाई तालिम र फेलोसिप जस्ता अवसर प्रदान गरी पत्रकारिताको माध्यममा टिकिरहन सघाएको उल्लेख गरे । नेपाली संचार माध्यम प्रति अन्य देशले उठाएका प्रश्न प्रति गमिभरता आवस्यक रहेको भन्दै पन्तले पत्रकारितामा राजनीति हाबी हुन दिन नहुने बताए । कार्यक्रम संस्थाका उपाध्यक्ष प्रियंकाझाको संचालन, कार्य समिति सदस्य गणेश प्रसाद घिमिरेको धन्यवाद ज्ञापनमा सम्पन्न भएको थियो । कार्यक्रममा संस्थाका कार्य समिति सदस्यहरु, सल्लाहकारहरु, सातै प्रदेश र उपत्यका संयोजक लगायत अन्य पत्रकार र शुभेच्छुकहरुको उपस्थिति रहेको थियो ।


Loading Viewer...

ताजा समाचार

spot_img