सुनको सिक्री लुटेर भाग्दै गरेका ३ जना पेस्तोल र गोली सहित पक्राउ

नवलपरासी (पूर्व) : गैंडाकोट नगरपालिका–१६ अमरापुरीस्थित पसलमा बसिरहेकी ४७ वर्षीया महिलाको सुनको सिक्री लुटेर भाग्दै गरेका ३ जनालाई १ थान पेस्तोल र ४ राउण्ड गोली सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा नवलपरासी ९पश्चिम० रुपौलिया गाउँपालिका–१ बस्ने २२ वर्षीय राम बहादुर क्षेत्री, गैँडाकोट नगरपालिका–१४ बस्ने ३४ वर्षीय आशिष सुनार र नवलपरासी (पश्चिम) सुस्ता गाउँपालिका–९ बस्ने २० वर्षीय संजय गुरुङ रहेका छन् ।

ती महिला पसलमा बसिरहेको अवस्थामा लु.४० प ८४३६ नम्बरको मोटरसाइकलमा आएका ३ जनाले हतियार देखाई सुनको सिक्री लुटेर भाग्न खोज्दा राम बहादुरलाई स्थानीयले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका थिए । गैंडाकोट र अस्थाई प्रहरी पोष्ट बेल्डिहाबाट खटिएको प्रहरीले उनलाई तत्काल नियन्त्रणमा लिई अन्यको खोजी गर्ने क्रममा गैंडाकोट नगरपालिका-१४ स्थित भाग्दै गरेको अवस्थामा संजय गुरुङको साथबाट १ थान पेस्तोल र ४ राउण्ड गोली सहित आशिष समेतलाई पक्राउ गरी अनुसन्धान भई रहेको छ ।

ताजा समाचार

This will close in 10 seconds