कञ्चनपुर : ईलाका प्रहरी कार्यालय त्रिभुवनवस्ती बाट खटिएको प्रहरी गस्ती टोलिले लागु औषध सहित तिन युवक प्रक्राउ गरेको छ ।
कञ्चनपुर पुनर्वास नगरपालिका वडा नं. ४ को कारगिलडाँडामा नजिकै भारत बाट नेपाल आउदै गरेका लालझाडी गाँउपालीका वडा नं. १ बिनाबारी बस्ने वर्ष १९ को अनिल रानाले चलाएको से३प ७५२५ नम्बरको सुपर स्पेलेण्डर मोटर साईकल पछाडी बसेका वर्ष २० को रविन्द्र बडायक र वर्ष २३ को नरेश रानालाई चेक जाँच गर्ने क्रममा खल्ति भित्र लुकाई छिपाई राखेको अवस्थामा नाइट्रोभेट १० लेखेको ट्याब्लेट थान १३ फेला परी निजहरुलाई पक्राउ गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।







