निर्वाचित महिला र एकल महिलालाई बिउपुँजी रकम बितरण


बेलडाँडी : बेलडाँडी गाउँपालिकाका निर्वाचित महिला र एकल महिलाहरुलाई बिहीबार एक समारोह बिच बेलडाँडीमा बिउँपुजी रकम बितरण गरीएको छ । बेलडाँडी गाउँँपालिकाका ६ जना निर्वाचित महिला लाई ३० हजारका दरले १ लाख ८० हजार र ७ जना एकल महिलालाई २० हजारका दरले १ लाख ४० हजार गरी ३ लाख २० हजार उद्यम ब्यवसाय गर्नकालागि बिउँपुजी रकम सहयोग स्वरुप चेक मार्फत बितरण गरिएको हो । डब्लुएचआर कञ्चनपुर ले वुमनकाईण्ड वल्र्डवाईडको साझेदारीमा सञ्चालन गरेको नेपालमा सिमान्तकृत महिलाको सहभागिता र आवाज परियोजना अन्तरगत बिहीबार बेलडाँडी गाउँपालिकाको सभाहलमा डब्लुएचआर कञ्चनपुरका अध्यक्ष जानकी जोशीको अध्यक्षता, बेलडाँडी गाउँपालिकाका अध्यक्ष धन बहादुर थापा क्षेत्री को प्रमुख आथित्वमा सुरु भएको कार्यक्रममा बिशिष्ठ अथितिद्धय पालिका उपाध्यक्ष कमला कार्की र प्रमुख प्रशासकिय अधिकृत गणेष दत्त भट्ट तथा ५ ओटै वडाका वडा अध्यक्षहरुको समउपस्थिति तथा रोहबरमा १३ जनालाई उद्यम ब्यवसाय गर्नकालागि बिउँपुजी रकम बितरण गरिएको परियोजनाका जिल्ला कार्यक्रम संयोजक बिर बहादुर नेपाली ले बताए ।

बिउँपुँजी रकम बितरण कार्यक्रममा प्रमुख अथिति बेलडाँडी गाउँँपालिकाका अध्यक्ष धनबहादुर थापा क्षेत्रीले संस्थालाई धन्यवाद दिदै बिउँपुजीको सदुपयोग गर्न सुझाव दिनुभयो । उनले भने, यो रकम तपाईहरुले सुरु गरेको ब्यावसायमा सदुपयोग गर्नुहोस । उद्यम ब्यवसायलाई सफल बनाउनुहोस यस्ले तपाईहरुको आर्थिक सशक्तिकरणमा टेवा पुग्नेछ भन्ने मैले बिश्वास लिएको छु । अहिलेको परिवेशमा राजनिति खासगरी चुनाव महंगो हुदै गईरहेको सन्दर्भमा राजनितिलाई निरन्तरता दिन चाहाने निर्वाचित महिलाहरुले पनि कुनै न कुनै पेषा ब्यवसायमा संलग्नहुनु पर्ने कुरामा जोड दिदै प्रमुख अथिति थापा क्षेत्रीले भने, बिउँपुजी रकम सहयोग प्राप्त गर्नु भएको छ आफ्नो पहिले देखी ब्यवसाय छ बिस्तार गर्नुहोस, जसको ब्यवसाय छैन सुरु गरीहाल्नुस । यो रकम लघु ब्यवसाय गर्नकालागि उपर्युक्त हुन्छ । कार्यक्रमका बिशिष्ठ अथिति गाउँपालिका उपाध्यक्ष कमला कार्कीले बिउपुजी बितरण गरे प्रशंसनिय काम भए पनि सदुपयोग भए नभएको बुझुन सदुपयोग गर्नका लागि सल्लाह सुझाव दिन निरन्तर अनुगमन गर्नु पर्ने कुरामा जोड दिनु भयो । रकमको सदुपयोग गरेका महिलाहरु आत्मनिर्भर भई उनिहरुको आर्थिक सामाजिक सशक्तिकरणमा अभिबृद्धि हुने बताउनु भयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति सदस्य गुड्डी नेपाली, वडा नं. १ अध्यक्ष अम्मरबहादुर खत्री, वडा नं. २ का अध्यक्ष प्रेमराज खाती, ३ का अध्यक्ष दुर्गा प्रशाद चौधरी, ४ का अध्यक्ष बिर बहादुर खड्का र ५ नं. वडाका अध्यक्ष कमला देबी ओखेडाले आआफ्नो बिचार मन्तब्य ब्यक्त गरेका थिए । नेपालमा सिमान्तकृत महिलाको सहभागिता र आवाज परियोजनाका जिल्ला कार्यक्रम संयोजक बिर बहादुर नेपाली निर्वाचित महिला र एकल महिला गरी बेलडाँडीमा १३ जनालाई ३ लाख २० हजार बितरण गरेको बताउनु भयो । परियोजनाका बरिष्ठ कार्यक्रम अधिकृत उपासना राणा ले सिमान्तकृत एकल महिलाहरु र निर्वाचित महिलाहरुको आर्थिक सामाजिक र राजनितिक शसक्तिकरणकालागि संस्थाले काम गरीरहेको बताउदै बितरण गरिएको बिउँपुजी बाट यहाँहरुले राम्रो ब्यपार ब्यवसाय गरेर तपाईहरु स्थानिय सफल उद्यमीका रुपमा स्थापितहुन शुभकामना दिनु भयो । यसै गरी हिजो शुक्लाफाँटा नगर पालिकाका चौध जना निर्वाचित महिला र २३ जना एकल महिलालाई ८ लाख ८० हजार बितरण गरिएको थियो । संस्थाले परिया्वना मार्फत निर्वाचित महिला र सिमान्तकृत समुदायका महिलाहरुको नेतृत्व बिकास, क्षमता अभिबृद्धि, गर्दै उनिहरुको शसक्तिकरण र उद्यमशिलता तालिम सीप र ज्ञान र बिउँपुजी दिएर आर्थिक सशक्तिकरणमा सहयोग गरिरहेको परियोजनाका जिल्ला कार्यक्रम संयोजक बिर बहादुर नेपाली ले बताए ।


Loading Viewer...

ताजा समाचार

spot_img