लागु औषध ब्राउन सुगर ९ दशमलब ६० ग्राम बरामद


बेलाैरी : कञ्चनपुरकाे बेलाैरी बाट लागु अाैषध सहित एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।
खुल्ला सिमाना र सयौं अवैध चोरी बाटोका कारण कञ्चनपुरको दक्षिणी क्षेत्रलाई चोरीपैठारी र अबैध करोवार गर्ने गिरोहले ट्रान्जिट प्वाइन्टको रूपमा प्रयोग गर्दै आएको छ।

कञ्चनपुरमा नेपाल-भारत १३० किलोमिटर क्षेत्र सीमा जोडिएको छ । उक्त क्षेत्रमा भारतका तीन वटा बटालियन छन् भने हरेक पाँच किलोमिटरको दूरीमा एसएसबी पोष्ट रहेका छन् ।
यसैगरी कोरोना कहर सुरु भएसँगै नेपाल सरकारले पनि यहाँका सीमा क्षेत्रमा सशस्त्रको उपस्थिति बाक्लो बनाउँदै लगेपछि सीमा क्षेत्रमा नागरिकले सुरक्षाको दरिलो अनुभूति गर्न पारेको छ यद्यपि अबैध करोवार, चोरी पैठारी र राजश्व छली भने रोकिएको छैन।

सिमा क्षेत्रमा सशस्त्र प्रहरी बल बिओपी स्थापना गरिए पनि अबैध करोवारको जालो भने हटाउन सकेको छैन। नेपाल भारत सिमावर्ती क्षेत्र पुनर्वास र बेलौरीमा अबैध कारोबार गर्ने गिरोहले दिन दुगुना र रात चौगुना बनाई आफ्नो जालो फिजाएका छन।

शुक्रवार सबेरै ईलाका प्रहरी बेलाैरीकाे गस्ती टाेलीले बेलाैरी नगरपालिका ८ कालाे पुल नजिक बाट धनगढी उपमहानगरपालपका १३ का लक्ष्मण धामीलाई पक्राउ गरेकाे हाे ।पक्राउ परेका ब्यक्ति बाट लागुअाैषध ब्राउन सुगर ९ दशमलब ६० ग्राम बरामद गरिएकाे ईलाका प्रहरी कार्यालय बेलाैरीका प्रहरी निरिक्षक कमल कुमार खड्काले जानकारी गराउनु भयाे ।

नेपाल भारत सिमावर्ती क्षेत्रमा अापराधिक गतिबिधि तथा अबैध सामान अाेसार पसार नियन्त्रणमा नेपाल प्रहरीले सक्रियता देखाए पनि न्युनिकरण भने हुनसकेकाे छैन। स्मरण गराउन चाहन्छु गत केही महिना अगाडि यसै क्षेत्रबाट करोडौं पर्ने बहुमूल्य धातु समेत बरामद गरिएकाे थियो।

त्यसैले खुला सिमा र अव्यवस्थित नाकाबाट हुने गैरकानुनी क्रियाकलापलाई रोक्न र अबैध करोवार गर्ने गिरोहलाई निरूत्साहित तुल्याउन सरकारले बेलैमा नेपाल र भारत सरकार बीच वार्ता र कूटनीतिक माध्यमबाट बयवस्थित सीमा ब्यवस्थापन गरिनुपर्ने देखिन्छ ।


Loading Viewer...

ताजा समाचार

spot_img