कञ्चनपुर : कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष जंग वहादुर मल्लको नेतृत्वमा संस्कृति पर्यटन तथा नागरिक उड्डय मन्त्री प्रेम वहादुर आलेलाई विभिन्न माग राखी ज्ञापन पत्र बुझाएको छ।

जसमा कञ्चनपुरको मझगाँउ एयरपोर्ट निर्माण कार्य यथाशिघ्र संचालन गर्न, व्रहमदेव टनकपुर नाकालाई धार्मिक पर्यटन नाकाको रुपमा सुचारु गर्न, वनवसाको पुल २४ सैं घण्टा संचालनमा ल्याउन र कञ्चनपुरका धार्मीक पर्यटकिए क्षेत्र लिंगेश्वर महादेव (लिंगा) झिलमिला ताल, वेदकोट तालको प्रवद्र्धन, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको निजी क्षेत्रको सहकार्यमा प्रवद्र्धन गर्नुपर्ने लगायतका माग राखिएको छ। उक्त टोलीले एयरपोर्टको निर्माण कार्य तुरुन्तै गर्ने र लिंगेश्वर तथा झिलमिला क्षेत्रको प्रवद्र्धनका लागि वजेट विनियोजन गर्न लगाउने र अन्य कार्य गर्नका लागि निजी क्षेत्रको माग प्रति ध्यानाकर्षण गर्दै यथाशिघ्र पहल र सम्वोधन गर्ने कुरा राखेको छ।

टोलिमा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकार , संघका पूर्व अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रिय सदस्य माधव प्रसद भट्ट , संघका निर्वमान अध्यक्ष सुरेश रावल, वरिष्ठ उपाध्यक्ष पिताम्वर जोशी र कार्यकारी अधिकृत हेमराज भट्ट लगायतको सहभागिता रहेको थियो ।











