शुक्लाफाँटा : शुक्लाफाँटा नगर पालिकाका जनप्रतिनिधि महिला र सिमान्तकृत समुहका एकल महिलालाई एक समारोह बिच शुक्लाफाँटा नगर पालिकामा बुधबार बिउँपुजी सहयोग रकम हस्तान्तरण गरीएको छ । मानव अधिकारकोलागि महिला एकल महिला समुह कञ्चनपुरले वुमनकाईण्ड वल्र्डवाईडको आर्थिक सहयोगमा सञ्चालन गरेको नेपालमा सिमान्तकृत महिलाको सहभागिता र आवाज परियोजना अन्तरगत शुक्लाफाँटा नगर पालिकाका चौध जना निर्वाचित महिला जनप्रतिनिधिलाई ३० हजारका दरले ४ लाख २० हजार र २३ जना सिमान्तकृत समुदायका एकल महिलाहरुलाई २० हजारका दरले ४ लाख ६० हजार गरी ८ लाख ८० हजार उद्यम/ब्यवासायगर्नकालागि बिउँ पुँजी सहयोग रकम हस्तान्तकरण गरीएको हो । संस्थाका अध्यक्ष जानकी जोशीको अध्यक्षतामा र शुक्लाफाँटा नगर पालिकाका नगर प्रमुख दिल बहादुर ऐरको प्रमुख आथित्व तथा प्रमुख प्रशासकिय अधिकृत टिकेन्द्रराज भट्टको बिशिष्ठ आथित्वमा १२ वटै वडाका वडा अध्यक्षहरुको सहभागितामा बिउपुजी रकम हस्तान्तरण गरीएको हो ।


बिउँपुँजी बितरण हस्तान्तरण कार्यक्रममा प्रमुख अथिति शुक्लाफाँटा नगर पालिकाका नगर प्रमुख दिल बहादुर ऐर ले मानव अधिकारको लागि महिला एकल महिला समुह संस्थाले नगर पालिका संग समन्वय गरेर निर्वाचित महिला तथा सिमान्तकृत समुदायका एकल महिलाहरुको आर्थिक, सामाजिक र राजनितिक सशक्तिकरणकालागि गरेको कार्यको प्रशंसा गर्दै यस आर्थिक सहयोगले सिमान्तकृत समुदायका महिलाहरुलाई आर्थिक सशक्तिकरण गर्न सहयोग पुग्ने बिश्वास ब्यक्त गर्नु भयो । उहाँले भन्नु भयो यो रकममा आफ्नो ब्यावसायक योजना अनुसार मात्रै ब्यवसायमा लागनी गर्न सुझाव दिनुभयो । कार्यक्रममा शुक्लाफाँटा नगर पालिकाका प्रबक्ता तथा वडा नं ५ का अध्यक्ष कमलराज गिरीले महिला जनप्रतिनिधी महिला र एकल महिलाहरुकालागि बिगत देखी गरिरहेको कार्य शुक्लाफाँटा नगर पालिकामा नमुनाका रुपमा रहेको उल्लेख गर्दै सिमान्तकृत समुदायका एकल महिलाहरुले यस बाट निकै लाभान्तित भईरहेको आफुले देखेको अनुभव सुनाउनु भयो । निर्वाचित महिला र समुदायका महिलालाई पटक पटक नेतृत्व बिकास तालिम, क्षमता अभिबृद्धि तालिम, उद्यमशिलता अभिबृद्धि तालिम, उद्यमशिलता बिकास तालिम दिएको र यसबाट शुक्लाफाँटा नगर पालिकाका निर्वाचित महिला र सिमान्तकृत समुदायका महिलाहरु लाभान्तित भएको बताउनु भयो । त्यसै गरी वडा नं. २ का अध्यक्ष शिबराज पनेरुले आफुहरुले एकल महिलको आग्रहमा एकल महिलाकालागि बजेट बिनियोजन गरेको जानकारी दिदै एकल महिला समुह संस्थाले शुक्लाफाँटा क्षेत्रमा उल्लेख्य काम गरीरहेकोमा प्रशंन्ता ब्यक्त गर्नु भयो । उहाँले संस्थाको कार्यक्रममा सहभागि भएका सिमान्तकृत महिलाहरु निर्धक्क आफ्नो माग राख्न सक्ने र आर्थिक, सामाजिक राजनितिक लगायत हरेक क्षेत्रमा सहभागिता खोज्न क्रियाशिल रहेको देख्दा उहाँहरुमा आएको सकारात्मक परिवर्तन देख्दा संस्थाले लक्षित समदायका लागि निकै राम्रो काम गरीरहेको वडा नं. ७ का अध्यक्ष जगत बहादुर सिंहले एकल महिला र निर्वाचित महिलाको समस्या समाधान गर्न र उनिहरुको आर्थिक सामाजिक सशिक्तिकरण तथा उत्थानकालागि संस्थाले गरेको कार्यको बिवेचना गर्दै प्राप्त बिउपुँजीले आफुले छनौट गरेको ब्यापार ब्यावसायमा लागानी र ब्यावसाय बिस्तार गर्न आग्रह गर्नु भयो । उहाँले आफुहरु वडा वडामा ब्यावसाय अनुगमनमा आउने र राम्रो उद्यम ब्यवसाय गरीरहेकालागि प्रोत्साहानका कार्यक्रम ल्याउने प्रतिवद्धता ब्यक्त गर्नु भयो ।


नेपालमा सिमान्तकृत महिलाको सहभागिता र आवाज परियोजनाका जिल्ला कार्यक्रम संयोजक बिर बहादुर नेपाली निर्वाचित र सिमान्तकृत समुदायका एकल महिला गरी ३७ जनालाई ८ लाख ८० हजार रकम उद्यम ब्यावसाय गर्नकालागि बिउँपुजी रकम सहयोग गरीएको बताउनु भयो । परियोजनाका बरिष्ठ कार्यक्रम अधिकृत उपासना राणा ले सिमान्तकृत समुदायका महिलाहरु र निर्वाचित महिलाहरुको शसक्तिकरण गर्दै हरेक क्षेत्रमा महिलाहरुको आवाज र सहभागिता बृद्धि गर्न बिगत ३ बर्ष देखी परियोजना सञ्चालन गरिएको जानकारी दिदै परियोजनामा आवद्ध सिमान्तकृत महिलाहरु लाभान्तित हुदै उनिहरुको जिवनमा सकारात्मक परिवर्तन आईरहेको बताउनु भयो । आगामी दिनमा संस्थाले निरन्तर अनुगमन गर्ने र आवधिक रुपमा आवश्यक सल्लाह सुझाव प्रदान गरी सवै सिमान्तकृत महिलालाई उद्यमी बनाउदै उहाँहरुको राजनिति लगायतका क्षेत्रमा आवाज र सहभागिता बढाउन पहल गर्ने बताउनु भयो । त्यसैगरी बिहीबार बेलडाँडी गाउँपालिकाका निर्वाचित महिला र सिमान्तकृत समुदायका महिलालाई बिउँपुजी रकम सहयोग गर्ने कार्यक्रम रहेको परियोजना संयोजक नेपाललीले बताउनु भयो । संस्थाले शुक्लाफाँटा नगर पालिका र बेलडाँडी गाउँपालिकाका निर्वाचित महिला र सिमान्तकृत समहका एकल महिलाको आर्थिक सामाजिक शसक्तिकरण गर्दै राजनितिक सहभागिता अभिबृद्धि गर्न वुमनकाईण्ड वल्र्डवाईडको आर्थिक सहयोगमा बिगत तिन बर्ष देखी नेपालमा सिमान्तकृत महिलाको सहभागिता र आवाज परियोजना सञ्चालन गरीरहेको छ ।







