स्कुल बसको ठक्करबाट बालकको मृत्यु

दाङ : स्कुल बसले ठक्कर दिदाँ २ वर्षका बालकको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका-६ अगेरा बस्ने रोहित पाण्डेको छोरा २ वर्षीय आहाना पाण्डेको बसको ठक्करबाट सोमबार बिहान मृत्यु भएको छ ।

अगेरास्थित बबई स्टार लिटिङ बोर्डिङ स्कुलको ना.३ ख ९९९३ नम्बरको बसको ठक्करबाट गम्भीर घाइते भएका उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई नियन्त्रणमा लिएर यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

ताजा समाचार

This will close in 10 seconds