धनगढी उपमेयर कप राष्ट्रिय लिगको च्याम्पियन

कञ्चनपुर ,
सुदूरपश्चिम प्रदेशको नेतृत्व गर्दै धनगढी उपमहानगरपालिकाले उपमेयर कप राष्ट्रिय महिला लिग छनौट प्रतियोगिताको उपाधि जितेको छ ।No description available.
एन्फा कम्प्लेक्स सातदोबाटोमा आइतबार भएको फाइनलमा ललितपुर महानगरपालिकालाई पेनाल्टी सुटआउटमा ३-१ ले पराजित गर्दै धनगढी च्याम्पियन बनेको हो । खेलको निर्धारित समय ३-३ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टीमा धनगढी सफल भयो।
पेनाल्टीमा धनगढीकी रेबिका पाण्डे, रेखा पौडेल र बिर्सना चौधरीले गोल गरिन् । सरस्वती रोकायाको प्रहार ललितपुरकी गोलकिपर अंकिता राईले बचाईन् । ललितपुरकी निर्मला बिकले गोल गरिन् । सम्झना लावतीको प्रहार बाहिरिदा आशा कुस्वर र रजनी थोकरको प्रहार धनगढीकी गोलकिपर उषा नाथले बचाईन् ।
पेनाल्टी अघि प्रतिस्पर्धात्मक बनेको फाइनलमा सुरुआती दुई गोलको अग्रता जोगाउन नसक्दा ललितपुर उपाधिबाट बन्चित भएको हो । खेलको १२ औं मिनेटमा मनिषा सेनले गोल गर्दै ललितपुरलाई सुरुआती अग्रता दिलाएकी थिइन् ।१६ औं मिनेटमा निर्मला बिकले गोल गरेपछि ललितपुरको अग्रता दोब्बर बन्यो । तर, २४ औं मिनेटमा सिमा रावलले गोल गर्दै धनगढीलाई २-१ को स्थितिमा ल्याईन ।May be an image of 4 people and people standingMay be an image of 5 people, people standing and outdoors
खेलको ३९ औं मिनेटमा रजनी थोकरले गोल गर्दै ललितपुरलाई ३-१ को अग्रता दिलाईन्। खेलको ४९ औं मिनेटमा चन्द्रा भण्डारीले गोल गर्दै धनगढीलाई ३-२ को स्थितिमा ल्याईन । त्यसपछि खेलको ६४ औं मिनेटमा चन्द्राले व्यक्तिगत दोस्रो गोल गर्दै धनगढीलाई ३-३ को बराबरीमा ल्याएकी थिइन् ।May be an image of 7 people and people standing
प्रतियोगिताको उत्कृष्ट प्रशिक्षकको उपाधी धनगढी उपमहानगरपालिका टिमका मुख्य प्रशिक्षक राघबेन्द्र कार्की हात पारेका छन् । May be an image of 3 people, people standing and text that says 'KTM 0 KELME FIFA AFC Deputy Women's League Qualifiers 2078 Mayor Cup National BEST COACH Dte26/67 /2075 KARKI'विभिन्न विधाका उत्कृष्ट गोलरक्षक उषा नाथ,उत्कृष्ट फोर्वाड चन्द्रा भण्डारी ,उत्कृष्ट मिडफिल्डर सरस्वती रोकाया र उत्कृष्ट डिफेन्सको उपाधी सिर्जना सिंहले हात पार्न सफल भइन्। फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गर्दै प्लियर अफ दि म्याच धनगढी उपमहानगरपालिका जर्सी नम्बर ४ कि रेबिका पाण्डेले गोल्डेन बुट सहित पाँच हजार पाइन् ।May be an image of 4 people, people standing and text that says 'Mayor dan N PRIZAS PRIZ nen's Lea IN CE AFC FIFA Deputy yor Cup National Women's League Qualifiers 2078 Date........ Dt 28/07/2078 78 BEST GOALKEEPER USHA NATH Only.'
उपाधिसँगै धनगढीले ५ लाख नगद प्राप्त गरेको छ । उपविजेता बनेको ललितपुरले ३ लाख प्राप्त गरेको छ । यस्तै विजेता धनगढी र उपविजेता ललितपुर राष्ट्रिय लिगमा समेत छनोट भएका छन् । प्रतियोगितामा ३१ टोलीले प्रतिस्पर्धा गरेका थिए । जसमा सुदूरपश्चिम प्रदेशबाट पाँच वटा पालिका महिला टिमको सहभागिता जनाएको थियो।
धनगढी उपमहानगरपालिका महिला फुटबल टिममा रेखा पौडेल, रेबिका पाण्डे, उषा नाथ, मेनिका पुलामिमगर, कमलाकुमारी बिष्ट, गोमा रोकाया, बिर्सना चैधरी, बिष्नाकुमारी कुँवर, तुलसी सिह, सुरक्षाकुमारी सिह, सरस्वती रोकाया, चन्द्रा भण्डारी, दिपा रोकाया, योशोदाकुमारी चिराल, निशा रोकाया, नेहा खड्का, लाजोमा राना, अमिता भुल र सिमा रावल खेलाडी सदस्य रहेका छन् । जुन महिला फुटबल टिमको प्रशिक्षकमा राघबेन्द्र कार्की र व्यवस्थापकमा सुरज
तामाङ्गले टिम लाई समालेका थिए।May be an image of 1 person and standingMay be an image of 1 person, standing and text that says 'WINMER FIFA AFC Payto Deputy Mayor Cup National Women's League Qualifiers 2078 BEST FORWARD Date 28/07 2078 78 CHANDRA BHANDARI Twenty Thousand Only.'May be an image of 4 people, people standing and text that says 'yor Cup Nationa DISTR men's League ION C RE FIFA AFC Deputy Mayor Cup National Women's League Qualifiers 2078 BEST MID FIELDER 28/07/2078 Pay to SARSHOTI ROKAYA Twenty Thousand Only. Thesum.of'No description available.May be an image of 6 people and people standingMay be an image of 4 people and people standingMay be an image of 4 people and people standingMay be an image of 16 people, people standing and grassMay be an image of 5 people, people standing and outdoors

ताजा समाचार

This will close in 10 seconds