पुनर्वासमा श्रीमान र छोराछोरी छोडेर श्रीमती सम्पर्क विहिन


पुनर्वास– कञ्चनपुरको पुनर्वास नगरपालिका–४ घ–गाँउकी एक महिला केहि दिन देखि सम्पर्क भएकी छिन् । कार्तिक २० गते दिपावलीको दिन दिउँसो घरबाट आई.बी.आर.डी. बजार जान्छु भनि निस्केकी श्रीमती हाल सम्म सम्पर्कमा नआएको श्रीमान पदम ओडले बताए ।

२९ वर्षिया श्रीमती सिता ओड सम्पर्क विहिन भएपछि श्रीमान पदमले खोजतलासी सुरु गरे । भारतको मुम्बईमा रोजगारी गरि घर फर्किएका श्रीमान पदम दिपावलीकै दिन बिहान मात्रै घर पुगेका थिए । बजार जान्छु भनेर गएकी श्रीमती साँझ सम्म घर नफर्किएपछि दोस्रो दिन बिहानै ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा श्रीमान पदमले खोजतलासीका लागि निवेदन दर्ता गरेका थिए ।

श्रीमान पदमले नेपाल प्रहरीमा मात्रै हैन भारत प्रहरी र माईती नेपालमा समेत फोटो सहित श्रीमती खोजतलासका लागि निवेदन दर्ता गरेका छन् । दुई छोरा र एक छोरी छाडेर सम्पर्क विहिन भएकी श्रीमती सिता ओडलाई कहि कसैले देख्नुभएमा ९८१५६०८२४३ र ९८१५६१३३४७ मा सम्पर्क गरि सहयोग गरिदिनहुन श्रीमान पदम ओडले सबैमा आग्रह गरेका छन् ।


Loading Viewer...

ताजा समाचार

spot_img