खप्तड टी–२० क्रिकेट प्रतियोगिता सम्पन्न, त्रिपुरा युवा क्लबलाई उपाधी


कञ्चनपुर: जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडी गाँउपालिकामा आयोजना गरिएको खप्तड टि–२०क्रिकेट प्रतियोगिताको उपाधी त्रिपुरा युवा क्लब पचुँईले हात पारेको छ ।May be an image of 7 people, people standing and outdoors शुभ दिपावलीको अवसरमा न्यु खप्तड युवा समाजले आयोजना गरेको क्रिकेट प्रतियोगिताको उपाधी त्रिपुरा युवा क्लब पचुँईले हात पारेको हो ।May be an image of 5 people and people standing
बुधबार सम्पन्न भएको फाईनल प्रतियोगितामा कालिका समाजलाई पराजित गर्दै त्रिपुरा युवा क्लबले १ विकेटले उपाधी चुम्न सफल भएको छ । न्यु खप्तड युवा समाजलका अध्यक्ष नरेन्द्र विष्टले विजयी टिमलाई २१ हजार नगदका साथै मेडल, प्रमाणपत्र ट्रफि वितरण गरिएको बताए । उप विजेता कालिका समाजले ११ हजार नगद,मेडल,ट्रफी पाएको छ ।
फाइनल खेलमा रक्की चन्द म्यान अफ दि म्याच घोषित भए। प्रतियोगिताको उत्कृष्ठ ब्याटसम्यानको कालिका समाजका लक्की गिरि, उत्कृष्ठ बलर कालिका समाजकै डम्मर जेठारा तथा म्यान अफ दि सिरिजको उपाधी त्रिपूराका अमन चन्दले पाएका छन ।
खेलकुद विकासका लागि कार्तिक १४ गते देखि संचालन भएको टी-२० क्रीकेट प्रतियोगितामा दक्षिणी क्षेत्रका दुई स्थानीय तह बेलडाँडी गाउँपालिका र बेलौरी नगरपालिका का २३ टिमको सहभागिता रहेको अध्यक्ष बिष्टले जानकारी दिए।May be an image of 6 people and people standingMay be an image of 11 people, people standing and outdoorsMay be an image of 7 people and people standingMay be an image of 10 people and people standing

Loading Viewer...

ताजा समाचार

spot_img