प्रधानमन्त्रीद्वारा दोधारा चाँदनीको बाढी तथा डुबानबाट प्रभावित क्षेत्रको निरीक्षण

यथाशीघ्र राहत तथा क्षतिपूर्तिको कार्य गरिने : प्रधानमन्त्री देउवा


दोधारा :- प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी पीडितहरुको तत्काल उद्धार गरी सुरक्षित स्थानमा व्यवस्थापन गर्न जनप्रतिनिधिहरुलाई आग्रह गरेका छन् । प्रधानमन्त्री देउवाले पीडितहरुको व्यवस्थापन गर्न आवश्यक पर्ने बजेट संघीय सरकारले उपलब्ध गराउने आश्वासन पनि दिएका छन् । दोधारा चाँदनीमा आयोजित एक सभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले यस्तो बताएका हुन् । प्रधानमन्त्री देउवाले स्थलगत निरीक्षण पछि काठमाडौं फर्किएर यथाशीघ्र राहत तथा क्षतिपूर्तिको कार्य गरिने बताए । सुदूरपश्चिमको बाढी पिडित क्षेत्रको अनुगमनको क्रममा दोधारा चाँदनी नगरापालिका पुगेका प्रधानमन्त्री शेर बहादुर देउवाले आफ्नो भनाई राख्न एक मिनेट पनि लगाएनन् ।

दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनारले दोधारा चाँदनी नगरपालिकाको प्रमुख समस्याकोरुपमा रहेको जगबुडा नदी र महाकाली नदीको बाढी रहेको बताउदै महाकाली नदी र जगबुडा नदीमा तत्कालै पक्की तटबन्ध बनाउन प्रधानमन्त्री शेरबहादुर देउवा सहितको टोलीलाई आग्रह गरेका छन् । दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनारले प्रधानमन्त्री शेरबहादुर देउवाको टोलीलाई ज्ञापन पत्र समेत पेश गरेका छन् । बेमौसमी वर्षाले पु¥याएको क्षतिको अवस्था बुझ्न पश्चिम नेपालको निरीक्षणका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको टोलीले
दोधारा चाँदनी नगरपालिकाको वडा नं. ९ अम्बिका माध्यमिक बिद्यालयमा बाढी तथा डुबानबाट प्रभावित क्षेत्रहरुको समेत स्थलगत निरीक्षण गर्न आउने भएपछि आज बिहानै देखि सुरक्षा ब्यवस्था कडा पारिएको थियो ।

बेमौसमी वर्षाले पु¥याएको क्षतिको अवस्था बुझ्न पश्चिम नेपालको निरीक्षणका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको टोलीले कञ्चनपुरका बाढी तथा डुबानबाट बढी प्रभावित क्षेत्रहरुको समेत स्थलगत निरीक्षण गरेको छ् ।
प्रधानमन्त्री देउवा संगै अर्थमन्त्री जनार्दन शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रेम बहादुर आले, पूर्व मन्त्रीद्धय एनपी साउद, रमेश लेखक र बिर बहादुर बलायर सहित उच्च स्तरीय सरकारी अधिकारीहरु र सुरक्षाकर्मीहरु उक्त टोलीमा रहेका थिए । दोधारा चाँदनी नगरपालिकामा बाढीको कारण झण्डै ३ सय घरपरिवार बिस्तापित भएको धान, घरमा रहेको अन्नपात, लत्ता कपडा लगाएत लाखौंको धनमाल बाढीले नष्ट गरेको प्रधानमन्त्री शेरबहादुर देउवा सहितको टोलीलाई जानकारी गराईएको नेपाली काग्रेंस दोधारा चाँदनी नगर सभापती राजेन्द्र मल्लले बताएका छन् ।


ताजा समाचार

spot_img