कृषि उत्पादन बृद्धि गर्न बीउ बैक स्थापनामा जोड

उन्नत र राम्रो बीउले उत्पादनमा बृद्धि हुने

उमेश सिह धामी/ कञ्चनपुर : उन्नत बीउको अभाव संगै खेतीपातीको समयमा बीउ नै उपलब्ध नहुने र त्यसका लागि भारतमा निर्भर हुनुपर्ने अवस्थालाइ मध्यनजर गर्दै प्रधानमन्त्री कृषि आनुनिकिकरण परियोजना परियोजना कार्यान्वयन इकाइ कञ्चनपुरले जिल्लाका बिभिन्न क्षेत्रहरुमा समुह सहकारी संगको सहयकार्यमा बीउ बैंक स्थापनामा जोड दिएको छ । उन्नत बीउ संकलन प्रशोधन, गे्रडिङ्ग र भण्डारण सहित कृषकहरुलाइ सहुलियत दरमा समयमै बीउ उपलब्ध गराउने उदेश्यले यस प्रकारका योजनाहरु लागु गरिएको परियोजना कार्यान्वयन इकाइ कञ्चनपुरले जनाएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना परियोजना कार्यान्वयन इकाइ कञ्चनपुरकी प्रमुख सञ्जु रिमालले जिल्लाका ४२ वडाहरुमा धान सुपर जोनको रुपमा कार्यक्रम संचालन भैरहेको भन्दै गहु जोनको रुपमा ३ पालिकाका २१ वडाहरुमा कार्यक्रम संचालन हुन लागेको जानकारी दिनुभएको छ । जिल्लाभरीमा १० वटा कष्टम हाइरिङ्ग सेन्टर र ३ वटा बीउ प्रशोधन तथा भण्डारण केन्द्र संचालन गरिएको उहाले बताउनु भएको छ । करिब ७हजार ४ सय हेक्टरका कृषकहरु परियोजना मार्फत सुचिकृत भएर चैते धान उत्पादन, धान बीउ उत्पादन, मसिना तथा बास्नादार धान उत्पादन, हाइब्रेट धान उत्पादन, हिउदे तथा बसन्ते मक्कै खेती लगायतका कार्यक्रमहरु कृषक, कृषक समुह र शहकारी मार्फत संचालन भैरहेको उहाको भनाइ रहेको छ । सम्झौता बहुउदेश्यीय सहकारी संस्थाका व्यवस्थापक राजेन्द्र सिहले कृषकको बीउको समस्या समाधान गर्न बीउ भण्डारण स्थापना गरिएको भन्दै अझै माग पुर्ती गर्न नसकिएको बताउनुभएको छ ।

उदयदेब शहकारी संस्थाका कार्यकारी प्रमुख गणेश बहादुर चन्दले कृषकहरुलाइ सहुलियत दरमा सेवा पुरयाउन र कृषिमा आत्मनिर्भर गर्नका लागि कष्टम हायरिङ्ग सेन्टर र बीउ बैंक स्थापना गरेको बताउनुभएको छ । प्रमुख जिल्ला अधिकारी राम प्रसाद पाण्डेले कृषि सामग्रीको सहयोग उपयोग र बीउ प्रशोधनले कृषिमा राम्रो उत्पादन हुने बताउनुभएको छ । कृषि उत्पादन बृद्धि गर्न र आत्मनिर्भर बनाउन सरकारी क्षेत्रबाट थप सहयोगको आवश्यकता रहेको उहाको भनाइ रहेको छ । उन्नत बीउ कृषि प्रबिधिको विकास र परंपरागत खेती प्रणालीमा भएको सुधारले कृषि उत्पादन बृद्धि संगै कृषकको आजआर्जनमा सुधार हुने आशा गरिएको छ । परियोजना इकाइ कार्यालयले समय समयमा बीउ प्रशोधन केन्द्र र अन्य क्षेत्रहरुको अनुगमन समेत गर्दै आइरहेको छ ।

ताजा समाचार

This will close in 10 seconds