बेलडाँडीमा फुटबल महोत्सव सुरु,उद्धघाटन खेलमा एम्बिसन बिजय

कञ्चनपुर , जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिकामा बिजय दशमी तथा शुभ दिपावलीकाे पावन अवसरमा एकता युवा क्लवकाे आयाेजजामा स्थानीय फुटबल महाेत्सव – २०७८ को उद्धघाटन भएको छ।May be an image of 5 people, people playing sports, people standing and grassकोरोनाको महामारीले खेलकुद क्षेत्रमा परेको प्रभावले दुई बर्ष पछि शुक्रबार बेलडाँडी वडा नम्बर -२ अवस्थित राैलेश्ववर माध्यामिक बिद्यालयकाे खेलमैदानमा औपचारिक कार्यक्रमकाे आयाेजना गरी स्थानीय फुटबल प्रतियोगिता – २०७८ काे शुरूवात गरीएकाे खेल संयाेजक सचिन कठायतले बताउनु भएको छ। उनका अनुसार उद्धघाटन खेल एम्बिसन युवा क्लब बैबाहा र सहारा युवा क्लब बिच भएको प्रतिस्पर्धात्मक खेलमा एम्बिसनले ३-२ गोलको अन्तरले सहारा लाई हराउदै बिजय सुरुवात गरेको छ।
May be an image of 15 people, including Delvin Jung Xettri DK, people standing and grassआज हुने पहिलो खेल अलस्टार युवा क्लब बेलडाँडी वडा नम्बर -१ र सिद्धार्थ युवा क्लब बिच पहिलो खेल दिउँसो १ बजे हुने छ भने दोस्रो खेल आयोजक टिम एकता युवा क्लब “ए” र सिद्धकालिका फुटबल क्लब बिच दिउँसो ३ बजे प्रतिस्पर्धात्मक खेल हुने आयोजकले बताए।May be an image of 10 people, people standing and outdoors
फुटबल महोत्सव -२०७८ असाेज २८ गते सम्म संचालन हुने प्रतियाेगितामा स्थानीय स्तरका बेलौरी नगरपालिका र बेलडाँडी गाउँपालिका का १६ टिमकाे सहभागिता रहेको छ। प्रतियाेगितामा प्रथम हुने टिमले नगद २१ हजार ट्रफी प्रमाणपत्र, उप-विजेता हुने टिमले नगद ११ हजार ट्रफी प्रमाणपत्र हात पार्ने छन् ।
May be an image of 8 people, including Bikash Singh Mahata and Padam Joshi, people standing and outdoors
विगतका बर्षहरूमा समेत आयाेजना हुँदै आएको प्रतियोगिता कोभिड- १९ ले प्रभाव भएपछि अहिले दुई वर्ष पछी आएर क्लवले यो वर्ष फुटबल प्रतियाेगिता आयाेजना गरि निरन्तरता दिएको छ। गाउँघरमा यस्ता सिजिनल प्रतियोगिता भएता पनि आफू हरु हर्षित छौँ ‘ स्थानिय स्तरमा खेल क्षेत्रमा जताततै राैनकता थपिएको स्थानीय खेलाडीहरू बताए ।
May be an image of 9 people, including Puspa Kamal Pandit and Min Bahadur Shah, people standing and outdoors
प्रतियोगिता संयाेजक कठायतकाे सभापतित्वमा सञ्चालन भएकाे कार्यक्रमका प्रमुख अतिथि बेलडाँडी गाउँपालिका वडा नम्बर-२ का अध्यक्ष प्रेमराज खाति, विशिष्ट अतिथिमा राैलेश्वर आदर्श जनता बहुमुखि क्याम्पस सञ्चालक समिति अध्यक्ष ईश्वरी दत्त भट्ट, समाजसेवी बुद्धिजीवी प्रेेम सिह साउँद, वडा सदस्य रमा भण्डारी लगायत स्थानीय युवा खेल प्रेमिको उपस्थिति रहेको थियो भने युवा समाजसेवि पुष्पकमल पण्डितले कार्यक्रम सञ्चालन गर्नु भएकाे थियाे ।May be an image of 8 people, people sitting and people standing
May be an image of playing a sport, standing and grass

ताजा समाचार

This will close in 10 seconds