नविल बैंक महेन्द्रनगर शाखाका प्रबन्धकद्धारा अपांङ्गता भएकाहरुको समुहले सञ्चालन गरेको पोल्टीफर्मको अवलोकन

महेन्द्रनगर : नबिल बैंक महेन्द्रनगर शाखाका प्रबन्धक पूर्ण भाटले अपांङ्गता भएकाहरुले सञ्चालनमा ल्याएका पोल्टीपर्मको अवलोकन गरेका छन । शनिबार प्रबन्धक भाटले अपांङ्गता भएकाहरुको संञ्चालन गरेको फर्मको बृद्धि बिकास र विस्तारको लागि लगानी गर्नको लागि फर्मको अवलोकन गरेका हुन । नविल बैंकका शाखा प्रबन्धक भाटले फर्मको अवलोकन गर्ने क्रममा अपांङ्गगता भएका व्यक्तिहरुको समुहले गरेको कार्यको प्रशंसा गर्दै नविल बैंकको तर्फबाट सहयोग गर्न तयार रहेको प्रतिबद्धता गरेका छन ।

No description available.

‘अपांङ्गता भएका व्यक्तिहरुले गरेको यो कार्य उदाहरणीय छ’, प्रबन्धक भाटले भने ‘बैंकले लगानी गर्ने भनेकै तपाईहरु जस्तै कर्मठ र लगनशिल व्यक्तिहरुमा हो, प्रक्रिया मिलाउनुस, फर्मलाई आवश्यक आर्थिकको लागि क्रिण दिन हामी तयार छौँ, बैंकको तर्फबाट म प्रतिबद्धता गर्दछु ।’ १८ जना अपांङ्गगता भएका व्यक्तिहरुको कृषक समुहले भीमदत्त नगरपालिका–१८, माथिल्लो गोवरैयास्थीत यही दुई महिनाअघिदेखि पोल्ट्रीफर्म र माछापालन व्यवसाय सञ्चालनमा ल्याएका छन । अध्यक्ष चन्दका अनुसार १३ सय टर्कीलगायतका स्थानिय जातका कुखुरा पालिएका छन । जग्गाधनीसंग बार्षिँक एक कट्टाको ३५ सयको दरले ८ कट्टाको बार्षि २८ हजार तिर्ने सम्झौता गरी पाच बर्षकालागि जमिन भाडामा लिएर फर्म संञ्चालन गरिरहेको अध्यक्ष चन्दले बताए । अध्यक्ष चन्दका अनुसार फर्मले दुई जनालाई पूर्ण रोजगारी दिएको छ । अध्यक्ष चन्दका अनुसार अवको ३/४ महिनामा पहिलो लट बजारमा जाने बताए । ‘दुई बर्ष अघि भीमदत्त नगरपालिका कार्यालयमा कृषक समुह दर्ता गरी लकडाउनकै समयवधिमा व्यवसाय सुरु गरेको कृषक समुहका अध्यक्ष मनोज बहादुर चन्दले बताए ।

No description available.

अपाङ्गता भएका व्यक्तिले अरुको मुख मात्रै ताक्दैनन्, आफै पनि कमाएर आफ्नो गुजारा चलाउन सक्छन भन्ने उदाहरण दिनकोलागि पनि आफुहरुले व्यवसाय संञ्चालन गरेको अध्यक्ष चन्दले बताए । अपाङ्ग कृषक समूहको ४ लाख ३२ हजार र भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरको ग्रामिण कुखुरा विकास कार्यक्रम अन्तरगत रु १० लाखको लगानीमा फर्म सञ्चालन गरिएको अध्यक्ष चन्दले बताए । त्यसैगरी उक्त समूहले भीमदत्त नगरपालिको ३ लाख अनुदान सहयोगमा वायोफ्लक प्रविधिबाट माछा पालन व्यवसाय सञ्चालनमा लिदै छ । यो प्रविधि नेपालमा नौलो भएपनि यस प्रविधिबाट सानो क्षेत्रफलमा पनि धेरै माछा उत्पादन गर्न सकिने अधिकृत स्वारले बताए । भूमि तथा कृषि सहकारी मन्त्रालयका लाईभस्टक अधिकृत दीर्घ कुमार स्वारको प्रेरणा र साथ सहयोगले आफुहरुलाई स्ववलम्बी र व्यवसाय गर्न प्रेरणा र सहयोग पुगेको अध्यक्ष चन्दले बताए । उनीहरुका प्रेरणाका स्रोत अधिकृत स्वार २०६५ फागुन ११ मा सरकारी सेवाकै सिलसिलामा कार्यलयबाट घर फर्किने क्रममा अछाममा मोटर साईकल दुर्टट्नामा अपांङ्ग भएका थिए ।

No description available.

ह्वीलचेयरमा बसेर मात्र जिवन विताउन सकिन्छ भन्ने कुरा थाहा पाएलगत्तै आफुले अपांङ्गता भएकाहरुले पनि केहि गर्न सक्छन भन्ने उदाहरण सन्देश समाजलाई दिनुपर्छि भन्ने विचार आएर नै सामाजिक कार्यमा लागेको अधिकृत स्वारले बताए । अधिकृत स्वारले अपाङ्गता भएका व्यक्तिहरुको अन्य ठाँउमा पनि समुह गठन गर्दै जिविकोपार्जनमा लगाउन तिर आफ्नो ध्यान रहेको बताए । उनले अवको केहि दिनभित्रै कैलाली बझाङ, दार्चुला, डडेल्धुरा लगायतका जिल्लामा अपांङ्गता भएका व्यक्तिहरुको कृषक समुह गठन गरी जिविकोपार्जनमा जोड्ने बताए ।

ताजा समाचार

This will close in 10 seconds