राईनोजको अन्तिम तयारीका बारेमा जानकारी

काठमाडौं: पोखरा राईनोजले शनिबारदेखि किर्तिपूरमा आयोजना हुने बजाज पल्सर ईपिएल २०२१ मा सहभागिताको अन्तिम तयारीका साथै प्रायोजक, खेलाडीहरु र खेल रणनीतिका बारेमा ह्यायात होटल, काठमाण्डौमा पत्रकारहरुलाई जानकारी गरायो । जम्प नेशनको स्वामित्वमा रहेको राईनोजले प्रतियोगितालाई आफ्नो पक्षमा पार्नका लागि विभिन्न रणनीति तय गरेको छ । जस अन्तरगत उसले विगतको प्रस्तुतीलाई अध्यन गर्दै यस प्रतियोगिताका लागि मुख्य प्रशिक्षक, बलिङ्ग प्रशिक्षक र फिल्डिङ्ग प्रशिक्षकलाई चयन गरेर सुखद नतिजा निकाल्ने अभियानमा रहेको पत्रकार सम्मेलनमा जानकारी गरायो ।

राईनोजले नेपाली मार्की खेलाडी राष्टिय टोलीका विनोद भण्डारीको नेतृत्वमा विदेशी खेलाडीलाई पनि समावेश गरेको छ । जसमा दक्षिण अफ्रिकाका रिचार्ड अन्स्ट लेभी जसले विश्व कपमा प्रदर्शन गरिसकेका छन् । यस्तै वेष्ट ईन्डिजका केसरिक विलियम, श्रीलङ्काका असेला गुणरत्ने र साहान अरचसिगेलाई टिममा समावेस गरेको छ । प्रतियोगिताको रणनीतिको बारेमा मार्की खेलाडी भण्डारीले राईनोज प्रतियोगितालाई आफ्नो  पक्षमा पार्ने रणनीतिका साथ मैदान ओर्लने बताए । प्रतियोगिता हो जित हार हुन सक्छ तर टिम विजयी हुने लक्षका साथ मैदानमा ओर्लने छ भण्डारीले बताए । यस्तै बिदेशी खेलाडीहरुले राईनोजमा आवद्ध भएर नेपालमा प्रतियोगिता खेल्न पाउँदा निर्क खुसी लागेको बताए ।

ताजा समाचार

This will close in 10 seconds